२०८३, ९ भाद्र बुधबार

काभ्रे तेमालको सस्र्यूखर्क डाँडागाउँ सडकको काम अझै पुरा भएन

काभ्रे तेमालको सस्र्यूखर्क डाँडागाउँ सडकको काम अझै पुरा भएन


ठेक्केदारले निर्धारित समयमा काम नगरिदिदाँ काभ्रे तेमाल सस्यूखर्कका स्थानीयले सास्ती खेप्नु परेको छ । बर्खायाममा पनि सहज रुपमा गाडी सञ्चालन होस भनेर हिउँदमै ठेक्का लागेपनि अहिलेसम्म काम पूरा नहुदाँ स्थानीयले हैरानी खेपेका हुन् ।

पाँचखाल नगरपालिकाको बोहोरे दोभान देखि तेमाल गाउँपालिकाको वडा नम्बर १ र २ सम्म पुग्ने बोहोरे दोधान, सस्र्यूखर्क, डाँडागाउँ सडक विस्तार अधुरै रहेको छ । उक्त सडक विस्तारको ठेक्का महत कन्स्ट्रक्सन निर्माण कम्पनीले पाएको थियो । तर काम भने अझै पूरा भएको छैन् । उक्त कम्पनीले ८ सय मिटर सोलिङ, ४१ हजार घन मिटर माटो कटिङ गर्नुपर्ने थियो ।

तेमालको सस्र्यूखर्क, लामागाउँ जाने सडकमा ठेक्केदारले थुपारेको ढुंगा

त्यस्तैगरी ८ मिटर सडक चौडाई, ४ मिटर सडक सोलिङ र १५८ मिटर झाली भर्नुपर्ने भएतापनि ती कुनै काम पूरा भएका छैनन् । बोहोरे दोभानको पुलबाट उकालोबाट बाटो कटान गरिएको छ । कटान गर्दा निस्किएको ढुंगा भित्तामा थुपारिएको छ । पुरानो ग्राबेल समेत उप्काएर सडक विस्तार गरिएका कारण यातायात सञ्चालन गर्न निकै समस्या भएको गाडी चालकहरु बताउँछन् । ‘रातो माटो, उकालो बाटो, पुरानो ग्राबेल पनि उप्काइएको छ, एक चालकले भने ‘पानी परेको बेला उकालो चढ्न र ओरालो झरेर गन्तब्यसम्म पुग्न निकै कठिन भइरहेको छ ।’

सडक विभागले भने उक्त सडकको काम ७५ प्रतिशत सम्पन्न भइसकेको भन्दै रकम समेत भूक्तानी लिइसकेका छन् । तर फिल्डमा भने ठेक्केदारले सम्झौता अनुसार काम गरेको देखिदैन् । समयमै सडक नबन्दा एम्बुलेन्स, तरकारी बोक्ने गाडी लगायत साना सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ । ठेक्केदारले वडा कार्यालयसँग पनि कुनै समन्वय नगरेको वडाध्यक्ष मानबहादुर श्रेष्ठले बताए । ‘मैले सोध्दा ७५ प्रतिशत काम सकाएर सोहि अनुसार रकम भूक्तानी लिएको जवाफ ठेक्केदार दिनुभयो, वडाध्यक्ष श्रेष्ठले भने ‘सम्झौता बमोजिम काम नहुदाँ निकै समस्या पर्यो ।’ ठेक्केदारले राम्रो काम नगरिदिएकै कारण वडा कार्यालय थप बजेट विनियोजन गरेर सडक मर्मत गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५, ३ असार आईतबार  ४ : ४४ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा