२०८३, ४ कार्तिक बुधबार

काभ्रे तेमालको सस्र्यूखर्क डाँडागाउँ सडकको काम अझै पुरा भएन

काभ्रे तेमालको सस्र्यूखर्क डाँडागाउँ सडकको काम अझै पुरा भएन


ठेक्केदारले निर्धारित समयमा काम नगरिदिदाँ काभ्रे तेमाल सस्यूखर्कका स्थानीयले सास्ती खेप्नु परेको छ । बर्खायाममा पनि सहज रुपमा गाडी सञ्चालन होस भनेर हिउँदमै ठेक्का लागेपनि अहिलेसम्म काम पूरा नहुदाँ स्थानीयले हैरानी खेपेका हुन् ।

पाँचखाल नगरपालिकाको बोहोरे दोभान देखि तेमाल गाउँपालिकाको वडा नम्बर १ र २ सम्म पुग्ने बोहोरे दोधान, सस्र्यूखर्क, डाँडागाउँ सडक विस्तार अधुरै रहेको छ । उक्त सडक विस्तारको ठेक्का महत कन्स्ट्रक्सन निर्माण कम्पनीले पाएको थियो । तर काम भने अझै पूरा भएको छैन् । उक्त कम्पनीले ८ सय मिटर सोलिङ, ४१ हजार घन मिटर माटो कटिङ गर्नुपर्ने थियो ।

तेमालको सस्र्यूखर्क, लामागाउँ जाने सडकमा ठेक्केदारले थुपारेको ढुंगा

त्यस्तैगरी ८ मिटर सडक चौडाई, ४ मिटर सडक सोलिङ र १५८ मिटर झाली भर्नुपर्ने भएतापनि ती कुनै काम पूरा भएका छैनन् । बोहोरे दोभानको पुलबाट उकालोबाट बाटो कटान गरिएको छ । कटान गर्दा निस्किएको ढुंगा भित्तामा थुपारिएको छ । पुरानो ग्राबेल समेत उप्काएर सडक विस्तार गरिएका कारण यातायात सञ्चालन गर्न निकै समस्या भएको गाडी चालकहरु बताउँछन् । ‘रातो माटो, उकालो बाटो, पुरानो ग्राबेल पनि उप्काइएको छ, एक चालकले भने ‘पानी परेको बेला उकालो चढ्न र ओरालो झरेर गन्तब्यसम्म पुग्न निकै कठिन भइरहेको छ ।’

सडक विभागले भने उक्त सडकको काम ७५ प्रतिशत सम्पन्न भइसकेको भन्दै रकम समेत भूक्तानी लिइसकेका छन् । तर फिल्डमा भने ठेक्केदारले सम्झौता अनुसार काम गरेको देखिदैन् । समयमै सडक नबन्दा एम्बुलेन्स, तरकारी बोक्ने गाडी लगायत साना सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ । ठेक्केदारले वडा कार्यालयसँग पनि कुनै समन्वय नगरेको वडाध्यक्ष मानबहादुर श्रेष्ठले बताए । ‘मैले सोध्दा ७५ प्रतिशत काम सकाएर सोहि अनुसार रकम भूक्तानी लिएको जवाफ ठेक्केदार दिनुभयो, वडाध्यक्ष श्रेष्ठले भने ‘सम्झौता बमोजिम काम नहुदाँ निकै समस्या पर्यो ।’ ठेक्केदारले राम्रो काम नगरिदिएकै कारण वडा कार्यालय थप बजेट विनियोजन गरेर सडक मर्मत गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५, ३ असार आईतबार  ४ : ४४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा