२०८२, ९ फाल्गुन शनिबार

मोदीले भने ‘अब बुद्ध जन्मभूमि लुम्बिनी जान्छु’ (अरू के के गरेर पर्किएर)

मोदीले भने ‘अब बुद्ध जन्मभूमि लुम्बिनी जान्छु’ (अरू के के गरेर पर्किएर)


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय मिलएर लुम्बिनी जाने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मोदीले सुरुको दुई नेपाल भ्रमणमा पशुपतिनाथको दर्शन गरेको र यो पटक जनकपुर र मुक्तिनाथ गएको बताए । उनले भने, ‘अब समय मिएर बुद्धको जन्मभूमि लुम्बिनी जान्छु ।’

 

मोदीले लिए सन्दिप लामिछानेको नाम
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौंमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्दिप लामिछानेको नाम समेत लिएका छन् ।

काठमाण्डाै महानगरपालिकाले अायाेजना गरेकाे अभिनन्दनमा मन्तब्य राख्दै माेदी

‘नेपालमा कति चर्चा छ मलाई थाहा छैन’ उनले भने, ‘भारतमा आईपीएल म्याच भइरहेको छ र नेपाल पनि आईपीएलमा जोडिएको छ । पहिलो पटक नेपालका खेलाडी सन्दिप लामिछाने आईपीएलमा भाग लिइरहेका छन् । म आशा गर्छु कि आउने दिनेमा क्रिकेट मात्र होइन, अरु खेलले पनि जनता जनताबीचको सम्वन्ध बजबुत हुनेछ ।’

पशुपतिमा मोदीको विशेष पूजा
नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ आइपुगेका थिए । त्यहाँ उनलार्इ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी लगायतका अधिकारीहरूले स्वागत गरेका छन् ।

पशुपतिमा पूजापाठ गर्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका छन् । उनलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचनसहित मूल मन्दिरभित्र स्वागत गरेका थिए ।

मुक्तिनाथ पनि पुगे मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पनि पूजा गरेका छन् । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् । योसँगै मोदी प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद सुवेदीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।

मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

पूजा अर्चनापछि १०८ धारामा जल शेचन गरेका मोदीलार्इ बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए । शनिबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेका थिए ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ६ : १५ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन