२०८३, ३० बैशाख बिहीबार

माेदी भ्रमणले अाज अबरूद्ध हुने राजधानीकाे सवारी रूट

माेदी भ्रमणले अाज अबरूद्ध हुने राजधानीकाे सवारी रूट


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेको दोस्रो दिन शनिबार पनि उपत्यकाको सवारी आवागमन केहीबेर प्रभावित हुने भएको छ ।

यस्ताे हुने छ शनिबार माेदीकाे रूट 

पशुपतिबाट हायात होटल

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि मोदी आफू बसेको होटल हायातमा जानेछन् । त्यहाँ जाँदा पशुपतिको पश्चिम गेट, भुवनेश्वरी चोक, गौशाला, मित्रपार्क, चाबहिल, चुच्चेपाटीको रुट प्रयोग हुनेछ ।

यसैगरी पशुपतिनाथको दक्षिण गेटबाट गौशाला, गौरीघाट, टुसाल हुँदै होटल हायात पुग्ने रुटलाई विकल्पको रुपमा राखिएको छ ।

हायातबाट राष्ट्रिय सभागृह

हायात होटलमा खानपिन र केहीबेर आराम गरेपछि मोदी राष्ट्रिय सभागृहमा नागरिक अभिन्दन समारोहमा सहभागी हुनेछन् । त्यसको लागि करिब २ः४५ को सवारी समय निर्धारण गरिएको छ ।

राष्ट्रिय सभागृहसम्म आउँदा चाबहिल, मित्रपार्क, गौशाला चोक, तिलगंगा एयरपोर्ट गेट, सिनामंगल, तिनकुने, नयाँबानेश्वर, बिजुलीबजार, माइतीघर, सिंहदरवार, पद्मोदय मोड, भृकुटीमण्डपको रुट प्रयोग हुनेछ ।

यसैगरी विकल्पको रुपमा चाबहिल, सुकेधारा, नारायणगोपाल चोक, शिक्षण अस्पताल, पानीपोखरी, ग्याङ्जोङ होटल, लैनचौर, केशरमहल, महेन्द्रशालिक, घण्टाघर, पुरानो बसपार्क हुँदै राष्ट्रियसभा गृहसम्मको रुटलाई राखिएको छ ।

राष्ट्रिय सभागृहबाट एयरपोर्ट

राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाको तर्फबाट मोदीलाई नागरिक अभिनन्दन गर्ने र नगरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ ।त्यसपछि मोदी स्वदेश फिर्तीका लागि एयरपोर्टतर्फ प्रस्थान गर्नेछन् । उनी एयरपोर्ट प्रस्थान गर्नका लागि करिब पौने चार बजेको सवारी समय निर्धारण गरिएको छ ।

त्यसका लागि राष्ट्रिय सभागृहबाट भद्रकाली, सिंहदरवार, माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट गेट, गौचर ब्यारेक हुँदै मोदी विमानस्थलभित्र प्रवेश गर्नेछन् । यसको विकल्पको रुपमा भद्रकाली, गोश्वारा हुलाक, जमल, केशरमहल, लैनचौर, पानीपोखरी, महाराजगञ्ज, सुकेधारा, चाबहिल हुँदै एयरपोर्ट पुग्ने रुट निर्धारण गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदी अपराह्न चार बजे स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ९ : ३१ बजे

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि

काठमाडौंमा बिहानैदेखि झरी, आज यी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि निरन्तर झरी परेको छ। मौसमविद्का अनुसार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति कडा

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ

सुर्खेत । नेपाली कांग्रेसका नेता गगन थापाले कर्णाली प्रदेशमा अब