२०८३, १५ असार मंगलबार

काभ्रेको च्यासिङखर्कमा नमूना भवन हस्तान्तरण (फोटो र अडियो सहित)

काभ्रेको च्यासिङखर्कमा नमूना भवन हस्तान्तरण (फोटो र अडियो सहित)


काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा नमूना घर हस्तारन्तरण गरिएको छ । ग्रामीण समाज कल्याण संघ आर्सो नेपालको साझेदारी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा सञ्चालित भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो । नमूना भवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख का सासंद बसुन्धरा हुमागाई र बेथानचोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष खजेन्ची लामाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रदेश सासंद हुमागाईले आर्सो नेपाल र मर्सिकोर नेपालले भूकम्पपछि त्यस क्षेत्रमा पुर्याएको सहयोगको खुलेरै प्रसंशा गरे ।

सासंद हुमागाइकाे भाषण सुन्न यहाँ  क्लिक गर्नुहाेस

https://soundcloud.com/prakash-sundas/basundhara-humagai

त्यस्तै वडाध्यक्ष लामाले धेरै मेहेनत गरेर संस्थाले बनाइदिएको भवन पछिसम्म संरक्षण गरी राख्ने बताए । उनले वडाको सम्पत्ति बढेको भन्दै उक्त भवनले स्थानीयहरुलाई भूकम्पप्रतिरोधात्मक घर निर्माण प्राविधि सिक्न मद्दत पुग्ने बताए ।

वडाध्यक्ष लामाकाे भाषण सुन्न यहाँ  क्लिक गर्नुहाेस

https://soundcloud.com/prakash-sundas/khachechi-lama

कार्यक्रममा भूकम्प पुनर्लाभ कार्यक्रमका बरिष्ठ परियोजना अधिकृत अभिमन्यू हुमागाईले गाउँमा भित्रिएको नयाँ प्रविधिलाई ब्यवहारमा लागु गर्न आग्रह गरे । इन्जिनियर समेत रहेका हुुमागाईले सुरक्षित आवास निर्माणमा विशेष ध्यान दिन समेत स्थानीयलाई अनुरोध गरे । च्यासिङखर्कमा ३० जना डकर्मीलाई ७ दिनको र २० जनालाई ५० दिनको डकर्मी तालिम दिएको जानकारी गराए ।

आर्सो नेपालको साझेदारी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको नमुना भवन हस्तान्तरण कार्यक्रममा उपस्थिति अथितिहरु

त्यसैगरी भूकम्प पुनर्लाभ कार्यक्रमका कार्यक्रम अधिकृत माधवराज मैनालीले यस वडामा नमूना भवनसँगै खानेपानी, सहकारी, कृषि लगाएतका क्षेत्रमा सहयोग पुर्याएको बताए । “हामीले तपाईहरुलाई विपत्तका बेला थोरै चिजमा मद्दत गरेका हौँ, उनले भने “सिकेको सिपलाई ब्यवहारमा लागु गर्नुसक्नुभयो भने पछि तपाईहरुलाई निकै सजिलो हुन्छ ।” कार्यक्रममा एमालेका स्थानीय नेता पाल्चेन लामा र माओवादी कन्द्रेका नेता मर्दनसिं तामाङले भूकम्पको बेला आर्सो र मर्सिकोर नेपालले पुर्याएको सहयोगप्रति धन्यवाद दिएका थिए ।

आर्सो नेपालको साझेदारी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको नमुना भवन हस्तान्तरण कार्यक्रममा सहभागि स्थानीय र अतिथि

प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलबार  ३ : ०४ बजे

नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

काठमाडौं । नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

जर्मनीको अप्रत्याशित बहिर्गमनसँगै विश्वकपका ऐतिहासिक उलटफेर फेरि चर्चामा

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा चार पटकको विश्वविजेता

जिल्लामै गुनासो समाधान गर्न गृहको निर्देशन, होटलको खानामा देशव्यापी अनुगमन हुने

काठमाडौं । गृह मन्त्रालयले नागरिकका दैनिक गुनासो जिल्ला तहबाटै समाधान

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक