२०८३, २ श्रावण आईतबार

छाता ओढेर मन्त्री तामाङले भने “बुद्धको बाटोमा हिडे देशमा दीर्घकालिन शान्ति हुन्छ”

छाता ओढेर मन्त्री तामाङले भने “बुद्धको बाटोमा हिडे देशमा दीर्घकालिन शान्ति हुन्छ”


कानुन, न्याय तथा संसदीय मन्त्री शेरबहादुर तामाङले छाता ओढेरै भाषण गरेका छन् । मंगलबार काभ्रेको नमोबुद्धमा आयोजित भगवान गौतम बुद्धको जन्मजयन्तिमा हेलिक्टरबाट पुग्ने कार्यक्रम रहेपनि हेलिक्टरमा सिट अभाव भएपछि सडकबाटै नमोबुद्ध पुगेका मन्त्री तामाङले झमझम पानी परेकै अवस्थामा भाषण गरे । छाता ओढेर ।

उनी नमोबुद्ध पुग्दा पानी परिरहेको थियो । मन्त्रीलाई कुरेर बसेका बौद्धधर्मावलम्बीहरु पनि पानीमा छाता आढेरै मन्त्रीको भाषण सुन्न बाध्य भए । मन्त्री लामाले बुद्धले देखाएको बाटोमा हिड्न उपस्थित सबैलाई आग्रह गरे । “बौद्ध धर्म मान्ने, अनि मार्ग चाँहि अर्को ? यस्तो कहिले पनि गर्नु हुदैँन उनले भने “शान्तिको बाटोमा हामी सबै हिडौँ ।”

मन्त्री तामाङले समृद्धिको यात्रामा हिड्न पनि आग्रह गरे । उनले राजनीतिक स्थायीसँगै दीर्घकालिन शान्तिको बाटोमा देश अघि बढेको भन्दै बुद्ध जन्मिएका देशका मानिसले कहिल्यै अहिंसाको बाटो रोज्न नहुने बताए । “ढिलै भएपनि देशमा अहिले राजनीतिक स्थायित्व कायम भइसकेको छ, उनले भने “अब समृद्धिको बाटोमा हामी सबै एक भएर लाग्नुपर्छ ।”

प्रकाशित मिति : २०७५, १७ बैशाख सोमबार  ८ : ४९ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित