२०८३, २८ श्रावण शुक्रबार

पहिले लेकमा भैसीगोठालो थिएँ,अहिले खुवाब्यवसायी

पहिले लेकमा भैसीगोठालो थिएँ,अहिले खुवाब्यवसायी


म सानै उमेरदेखि महाभारत लेकमा गाईभैसीगोठालो हिडियो । विद्यालयको त आगँन पनि टेक्न पाइन् । तर हिम्मतकहिल्यै हारेरन् । जिल्लाको अति विकट डाँडापारी क्षेत्रको गोकुले कूपिनटारमा जन्मिएका जीवनाथ तिमल्सिना अहिले गाउँमामात्रै होइन जिल्लाकै मूख्यमूख्य सहर बजारमा समेत चिनिएका छन् । “पहिलो महाभारत लेकमा भैसी, गाई सबै छाडा छोडिन्थ्यो, उनले भने “विहान बेलुका खोजेर ल्याएर दुध दुने गरिन्थ्यो ।” सानोमा कलम समाउन सकाउनु भएन् । बाआमाले दुध दुन सिकाउनु भयो । सबैभन्दा सोझो गाईको दुन लगाउनु हुन्थ्यो ।

२०३६ सालबाट जगलमै खुवा बनाउन सुरु गरेका उनी अहिले सफल खुवा ब्यवसायीका रुपमा चिनिन्छ । जन्मथलो कुपिनटार छोडेर उनी २०६० साल देखि बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा बस्दै आएका छन् । “मैले विद्यालयको पढाई त कत्तिपनि पढेको छैन्, उनले भने “पछि प्रौढ शिक्षा पढेँ,अहिले त्यसैबाट काम चलाइरहेको छु ।”भूग्देउमा आएर गाई र भैसी गरी १० वटा दुहुना थिए उनको । पछिल्लो समय उमेर ढल्किएसँगै गाईभैसी पनि घटाउँदै लगेका छन् । तर ब्यापार भने बढेको छ । गाउँमा छिमेकीले पालेका गाई भैसीको दुधआफै संकलन गर्छन, खुवा बनाउँछन्, सहर पठाउँछन् । उमेरले ५२ वर्ष पुगेका जीवनाथको ब्यवसायलाई उनका कान्छा छोरा र श्रीमतीले साथदिदैँ आइरहेका छन् । स्नातक पढ्दै गरेका उनका छोरा पनि समय मिलाए खुवा बनाउने काम गर्छन् । जीवनाथ अहिले दैनिक ६० लिटर दुधको खुवा बनाउँछन् । “मैले त पढ्न पाइन्, छोरालाई पढाइरहेको छु, मेरो आफ्नै चाँहि एउटा गाई र भैसी दुहुना छ, त्यसबाट १० लिटर दुध आउँछ उनले भने “बाँकी ५० लिटर दुध छिमेकीबाट लिन्छ, यति दुधबाट दैनिक६ देखि ७ धार्नी खुवा निस्कन्छ ।” खुवाबाट मात्रै मासिकआम्दानी २० हजार
खुवा बनाउन सजिलो छैन् । दुधलाई पकाई, पकाई कुर्याउनीबनाउनु पर्छ । “काम त कुनै पनि सजिलो हुदैँन्, उनले भने “तर सजिलो मानेर गर्नुपर्छ ।”गाउँमै गाडी पुगेको छ । पहिलेको जस्तो भारिया लगाएर सहरसम्म पुर्याउनु पदैन् । फोन गरिदिएमात्रै पुग्छ । आफु पनि जानु पदैन् । पनौतीमा ठेक्केदारलेलिइ हाल्छन् ।  सबै खर्च कटाएर मासिक २० हजार रुपियाँ रकमखुवाबाट मात्रै आम्दानीहुने गरेको उनले सुनाए ।“दैनिक १ हजार रुपैयाँकमाई हुन्छ, उनले भने “तरत्यसमादउरा र अरु सरसामानकिन्ने पैसा कटाएर २० हजार चाँहिचोखो आम्दानी हुन्छ।”
खुवाबेच्ने, जग्गाकिन्ने, तरकारी फलाउने
जन्मथलो गोकुलेबाट भूग्देउ आएर गाईभैसी किनेर ल्याउँदाजीवनाथलगभग रित्तै भइसकेका थिए । तर अहिले न्यू महाँकालकृषिफार्म र न्यू महाँकालदुध संकलन केन्द्र आफ्नै नाममादर्ता गरेर ब्यवसायगरिरहेका छन् । गाउँमै सिँचाई लाग्ने ठाउँमा १४ रोपनीजग्गाकिनेका छन् । जुनजग्गामाकाउली, बन्द, मुला, खुर्सानी, गोलभेडाँ, काक्रो लगायतका तरकारी रोपेका छन् ।“गाईभैसी किनेर ल्याउँदालगभग सबै सकिसकेको थियो आफुसँग भएको रकम, उनले भने “अहिले गाउँमै जग्गाजमिनकिनेको छु, फुर्सद एकछिन पनि छैन्, खुवाको काम सक्ने वित्तिकै तरकारी खेती हेर्न दौडिहाल्नुपर्छ ।”सबैभन्दाखुशी नै यहि पेसामा छु । घरपरिवार यसैबाट चलेको छ ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ३ : १९ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय