२०८३, ३ असार बिहीबार

सरकारी तलबभत्ता खानेले आफ्नो छोराछोरी निजी विद्यालयमा पढाउन पाइँदैननः मन्त्री बास्कोटा

सरकारी तलबभत्ता खानेले आफ्नो छोराछोरी निजी विद्यालयमा पढाउन पाइँदैननः मन्त्री बास्कोटा


सुचना तथा सञ्चार राज्य मन्त्री गोकुल बास्कोटाले सरकारी तलबभत्ता खाने सबैले आफ्नो विद्यालय उमेरका छोराछोरी सरकारी विद्यालयमा नै पढाउनुपर्ने बताएका छन् । कुनै पनि मानव अधिकारले नछेक्ने भन्दै सरकारको सुविधा उपभोग गर्ने सबैको बालबालिका सरकारी विद्यालयमै पढाउनुपर्ने नियम सरकारले ल्याएरै छोड्ने ठोकुवा समेत गरे ।

विद्यालयका विविध गतिविधि समेटिएको पुस्तक विमोचन गर्दै, राज्यमन्त्री बास्कोटा

शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा रहेको उमा सहशिक्षालय माध्यामिक विद्यालयको ६७ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दैँ मन्त्री बास्कोटाले यातायातमा जस्तै शैक्षिक क्षेत्रमा पनि सिण्डिकेट रहेको दाबी गरे । “राज्यको सेवा सुविधा उपभोग गर्ने, अनि निजी क्षेत्रको राम्रो, राम्रो विद्यालय खोजेर आफ्नो छोराछोरी पढाउने परिपाटीको अन्त्य यो सरकारले गर्छ, उनले भने “शिक्षामा समानता कायम नभएसम्म देश साच्चो अर्थमा विकास तर्फ अघि बढ्नै सक्दैन् ।” सरकारले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा हुनेखानेले विपन्न बर्गका कम्तिमा एक जना बालिबालिकालाई सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अघि सारेको बताउँदै उनले यो कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरे ।

मन्त्री बास्कोटाले यातायाता क्षेत्रको सिण्डिकेट तोडिएको भन्दै अब शैक्षिक क्षेत्रको सिण्डिकेट पनि तोडिने बताए । “शैक्षिकक्षेत्रमा पनि सिण्डिकेट छ, उनले भने “यसलाई तोड्न सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमै पढाउन जरुरी छ ।” मन्त्री बास्कोटाले अब यो सरकारले देशको सबै क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने दाबी समेत गरे ।

प्रकाशित मिति : २०७४, ३० चैत्र शुक्रबार  ७ : ५१ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई