२०८२, २४ मंसिर बुधबार

सरकारी तलबभत्ता खानेले आफ्नो छोराछोरी निजी विद्यालयमा पढाउन पाइँदैननः मन्त्री बास्कोटा

सरकारी तलबभत्ता खानेले आफ्नो छोराछोरी निजी विद्यालयमा पढाउन पाइँदैननः मन्त्री बास्कोटा


सुचना तथा सञ्चार राज्य मन्त्री गोकुल बास्कोटाले सरकारी तलबभत्ता खाने सबैले आफ्नो विद्यालय उमेरका छोराछोरी सरकारी विद्यालयमा नै पढाउनुपर्ने बताएका छन् । कुनै पनि मानव अधिकारले नछेक्ने भन्दै सरकारको सुविधा उपभोग गर्ने सबैको बालबालिका सरकारी विद्यालयमै पढाउनुपर्ने नियम सरकारले ल्याएरै छोड्ने ठोकुवा समेत गरे ।

विद्यालयका विविध गतिविधि समेटिएको पुस्तक विमोचन गर्दै, राज्यमन्त्री बास्कोटा

शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा रहेको उमा सहशिक्षालय माध्यामिक विद्यालयको ६७ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दैँ मन्त्री बास्कोटाले यातायातमा जस्तै शैक्षिक क्षेत्रमा पनि सिण्डिकेट रहेको दाबी गरे । “राज्यको सेवा सुविधा उपभोग गर्ने, अनि निजी क्षेत्रको राम्रो, राम्रो विद्यालय खोजेर आफ्नो छोराछोरी पढाउने परिपाटीको अन्त्य यो सरकारले गर्छ, उनले भने “शिक्षामा समानता कायम नभएसम्म देश साच्चो अर्थमा विकास तर्फ अघि बढ्नै सक्दैन् ।” सरकारले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा हुनेखानेले विपन्न बर्गका कम्तिमा एक जना बालिबालिकालाई सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अघि सारेको बताउँदै उनले यो कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरे ।

मन्त्री बास्कोटाले यातायाता क्षेत्रको सिण्डिकेट तोडिएको भन्दै अब शैक्षिक क्षेत्रको सिण्डिकेट पनि तोडिने बताए । “शैक्षिकक्षेत्रमा पनि सिण्डिकेट छ, उनले भने “यसलाई तोड्न सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमै पढाउन जरुरी छ ।” मन्त्री बास्कोटाले अब यो सरकारले देशको सबै क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने दाबी समेत गरे ।

प्रकाशित मिति : २०७४, ३० चैत्र शुक्रबार  ७ : ५१ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल