२०८२, ५ फाल्गुन मंगलबार

सलमान खानलाई पाँच वर्षको जेल सजाय दिएपछि…….

सलमान खानलाई पाँच वर्षको जेल सजाय दिएपछि…….


चर्चित बलिउङ अभिनेता सलमान खान दुर्लभ कालो हरिणको शिकारमा दोषी ठहर भएका छन् । बिहीबार भारतको जोधपुरस्थित एक अदालतले उक्त घटनामा उनलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोधपुरमा सन् १९९८ सेप्टेम्बर २६ मा अवैधरुपमा कालो हरिणको शिकार गरेको अभियोगमा जोधपुर अदालतमा चलेको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन् ।

अदालतले उनलाई १० हजार भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ । दोषी ठहर भएलगत्तै सलमानलाई पक्राउ गरी बिहीबारै जोधपुरको सेन्ट्रल जेल चलान गरिएको छ । यद्यपि, उनका वकिलले भने उनीमाथि झुटो आरोप लगाइएको भन्दै आपति जनाएका छन् । २० वर्षअघि हिन्दी चलचित्र ‘हम साथ साथ है’को छायाँकनकाक्रममा उनले कालो हरिणको शिकार गरेका थिए ।

सोही चलचित्रको छायाँकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्रीहरु सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा दायर भएकामा उनीहरुलाई भने अदालतले निर्दोष ठहर गरेको छ । ५२ वर्षीय अभिनेता सलमानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध अपिल भने गर्नसक्नेछन् । यसअघि, सलमानविरुद्ध शिकारको मामिलामा दुईओटा मुद्दा परेकामा अदालतले उनलाई निर्दोष सावित गरेको थियो ।

प्रकाशित मिति : २०७४, २२ चैत्र बिहीबार  ५ : ०४ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा