२०८३, २८ असार सोमबार

धुलिखेलमा मयूर यातायात, काभ्रेका दुई ब्यवसायी समिति एक्लिए

धुलिखेलमा मयूर यातायात, काभ्रेका दुई ब्यवसायी समिति एक्लिए


मयूर यातायात प्रालिले धुलिखेलसम्म बस सेवा सुरु गरेको छ । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिले मयूरको रुट परमिट खारेजीको माग गर्दै गाडी बन्द गरेपछि बुधबारदेखि मयूरले धुलिखेलसम्म यातायात सञ्चालनमा ल्याएको हो ।

प्रहरीको स्टकटिङमा बुधबार देउँसो धुलिखेल आइपुगेको मयूरको बसले गाडी बन्दका कारण समस्यामा परेका यात्रु लिएर काठमाण्डौ गएको थियो । मयूरको बसले सयौँ यात्रुलाई गन्तब्यसम्म पुर्याएको थियो ।

आन्दोलनमा एक्यबद्धता तर ब्यवहारमा फरक
काभ्रे र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने बेला कोठेश्वरपूर्वका १३ वटा बस ब्यवसायीहरुको नाम थियो । तर मध्य उपत्यका बस ब्यवसायी संघले आफुहरुको नाम जबरजस्ती ज्ञापन पत्रमा राखेको भन्दै विरोध नै जनाएको छ ।

मध्य उपत्यका ब्यवसायी संघकाे बिज्ञाप्ती

अरनिको यातायात सेवा समितिको पनि बस नियमित जस्तै सञ्चालनमा थिए । धुलिखेल, बनेपाका यात्रु समेत यो समितिको बसले ओसारी रहेको देखिन्थ्यो । त्यस्तै हिमाल तराई यातायात सेवा समिमिका बसपनि सञ्चालनमा थियो । हेलम्बु यातायात सेवा समितिका बसपनि गुडिरहेका थिए । ताकि उनीहरुले पनि आन्दोलनमा एक्यबद्धता जनाएका थिए । तर उनीहरुले त्यो सहमति पालान गरेनन् । बास्तवमा बुधबारको बन्दबाट काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समिति एक्लो भएको छ ।

यस्ताे थियाे काभ्रे र भत्तपुर प्रशासनमा बुझाएको ज्ञापन पत्र

धुलिखेलमा ब्यवसायी हेरेका हेर्यौ
बनेपासम्मको रुट परमिट लिएर आएको मयूर यातायात प्रालिका बस काभ्रेका ब्यवसयीहरुले तोडफोड गरे । तर बुधबार धुलिखेलमै मयूर आयो । ब्यवसायीहरु टुलुटुलु मात्रै हेरिरहे । उनीहरुले कुनै प्रतिवाद गरेनन् । किन भने गल्ती उनीहरुको थियो ।

मयूरले अहिले ३५ रुपैयाँमा बनेपाबाट काठेश्वर पुर्याउँछ । काभ्रेका बसहरुले भाडा ४२ रुपैयाँ भएपनि ४५ रुपैयाँ यात्रुसँग असुल्दै आएका छन् । यहाँका पुरानो बसबाट वाक्क भएका राजधानीपूर्वका यात्रुहरु विकल्प खोजिरहेका थिए । सहचालकको ब्यवहारबाट पनि उनीहरु वाक्क दिक्क भइसकेका थिए । धुलिखेलमा अलपत्र परेका यात्रुहरु फटाफट मयूरमा चडे । ब्यवसायीहरु हेरेको हेर्यौ गरिरहे ।

प्रकाशित मिति : २०७४, २१ चैत्र बुधबार  ५ : ५६ बजे

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले