२०८३, २३ आश्विन शनिबार

गणेश लामाले नै गाेली चलाएकाे पुष्टि

गणेश लामाले नै गाेली चलाएकाे पुष्टि


काठमाण्डाैकाे गाैशालाबाट पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाको पेस्तोल र घटनास्थलबाट बरामद भएको गोलीको खोका मिलेको छ । काठमाण्डाै प्रहरी परिसररका प्रमूख एसएसपी  विश्वराज पाेखरेलका अनुसार पेस्तोलको फरेन्सिक रिपोर्टले लामाको साथबाट बरामद भएको चाइनिज पेस्तोल र गोलीको खोका मिलेको हाे ।

यसअघि नै खोका, लामाबाट बरामद भएको बुलेटको साइज र नम्बर पनि एउटै भएको अनुसन्धान अधिकारीले बताएका थिए । अाइतबार विधि विज्ञान प्रयोगशालाबाट रिपोर्ट अाएपछि सो कुरा पुष्टि भएको पाेखरेलले बताए ।  गत ३० फागुनमा गौशालास्थित होटल पशुपति भिजनमा गोली चले लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

लामाले भने त्यो हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् । लामाले प्रारम्भिक बयानदेखि नै आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गर्दै आएका छन् । लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २०७४, १८ चैत्र आईतबार  ५ : ५० बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि