नेपाल अहिले पनि कृषिमा नै आधारित देश हो । अधिकांश पहाडी भु–भाग भएको नेपालमा हलो, कुटो र कोदालो लगायतका कृषि औजारहरुको प्रयोगबाट कृषि पेशा चल्दै आएको छ । ती औजार चलाउन सक्ने योग्य जनशक्ति रोजगारीका लागि विदेशीयपछि बुढाबुढीकै भरले नेपालीको मुख्य पेशा कृषि क्षेत्र धानिएको छ । यसरी चल्दै गरेको कृषि पेशालाई स्थानीय तहले यथोचित बजेटको व्यवस्था नगर्दा कृषि पेशाको अवस्था दयनीय बनेको देखिएको छ । जसले ग्रामीण किसानको जीवनस्तरमा नकारात्मक असर पर्ने देखिन्छ ।
तेमाल १ अमलटारीमा फलाएको तितेकरेलाको बीउ
काभ्रेमा रहेका १३ वटा स्थानीय तहले कृषि र किसानको जीवनलाई लक्षित गरेर बजेट विनियोजन गरेको पाइएको छैन । कृषिमा १५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने भनिए पनि निसर्त बजेट स्थानीय तहमा पठाएकाले जिल्लाका अधिकांश स्थानीय तहले मनलाग्दी बजेट विनियोजन गरेका छन् । कृषिमा काभ्रे जिल्ला अग्रस्थानमा नै आउँछ । तर जलवायु परिवर्तन, सिंचाईँ र काम गर्नसक्ने जनशक्तिको अभाव लगायत विभिन्न समस्याले कृषि व्यवसाय फस्टाउन सकेको छैन ।
तेमाल गाउँपालिका १ गडरेबेसीमा पालुंगोको बीउ उत्पादन हुदैँ
काभ्रेको तेमाल गाउँपालिका पनि कृषिका लागि उर्वर भूमि हो । करिब ६०० देखि १७०० मिटरसम्मको उचाईमा रहेको यो गाउँपालिकामा कृषि, पशुपालन, मौरिपालन लगायतका कृषिजन्य व्यवसाय गर्न राम्रो हावापानी मानिन्छ । तर हाल बनेको संरचना र बजेट विनियोजनको अवस्थाले कृषि व्यवसाय पछाडि परेको छ । गाउँपालिवकाले गरेको बजेट विनियोजन हेर्दा आफ्नो विवेक प्रयोग गरी बाडेको जस्तो देखिन्छ । वडा तहमा पनि कृषि क्षेत्रमा बजेट विनियोजन भएको छैन । प्रायः सबै तहमा सडकको नामममा मात्र बजेट खर्चिएको देखिन्छ । तेमाल गाउँपालिका मात्र नभई सिङ्गो काभ्रेमा कृषिमा बजेट व्यवस्था गरिएको छैन । कृषक, कृषि व्यवसायी, फार्म संचालक, सहकारीलाई हालको बजेटले सम्बोधन गर्न सकेन ।नमोबुद्ध नगरपालिका ४ मेथिनकोटमा गोलभेडाको हाइब्रिट बनाउँदै
वर्तमान अवस्थामा दुग्ध उत्पादन सहयोग, पशुपालन फार्ममा सहयोग गर्ने हो भने युवा विदेशीन कम हुने निश्चित छ । युवा प्रोत्साहन कार्यक्रम मात्र ल्याउन सके केही बेरोजगार युवालाई रोजगार भै गाउँमा व्यवसाय संचालन हुन्थ्यो । तेमालको १ र २ नं. वडामा हाल वार्षिक कम्तिमा ६ करोड बराबरको तरकारी विऊ उत्पादन भई कृषिमा आय आर्जन भइरहेको थियो । तर २०७२ को विनाशकारी भुकम्पले गर्दा धेरै युवा पलायन भए । गाउँमा बस्ने घरधुरी समेत सदरमुकाम र राजधानी सरेका छन् ।
तेमाल १ अमलटारीमा रहेको काक्रोको नर्सरी
कृषि क्षेत्रको अग्रस्थान तेमाल १ मा वार्षिक १ करोड बराबरको वीऊ उत्पादन हुने गरेको छ सहकारी मार्फत । तर हाल उक्त व्यवसाय पनि पछि परेको छ । सिंचाई तथा सहयोगी निकायको अभावमा कृषिको नाममा खेलबाड भएको छ । विहान बेलुका पेट भर्न त्यही कृषि नभई नहुने तर उक्त पेशालाई व्यवस्थित नगरी हेला गरिएको छ । झन् स्थानीय निकायमा आफ्नो ठाउँका नेता कार्यकर्तालाई भोट दिएर जिताउँदा कुनै कृषकलाई सम्बोधन गर्न नसकेको कृषकहरु बताउँछन् । राजधानीको नजिक जिल्ला काभ्रेबाट वार्षिक ३८ प्रतिशत तरकारी काठमाडौं भित्रिन्छ । साथै राष्ट्रिय बजारको कृषिलाई ३४ प्रतिशत विऊ काभ्रेबाट उत्पादन हुन्छ ।
लेखक काली प्रसाद पाण्डे, तेमालमा रहेको नेपाल कृषि तथा पशु उत्पादन एवं प्रबद्र्धन केन्द्रका प्रबन्धक हुन् ।
प्रतिक्रिया