२०८२, ३ माघ शनिबार

काँग्रेसमा मर्याक्रमलाई लिएर भाडभैलो

काँग्रेसमा मर्याक्रमलाई लिएर भाडभैलो


मर्यादाक्रमलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । नेताहरुबीच भएको वादविवादमा पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भए ।

नेताहरुले भने सभापति देउवाले धर्यता गुमाएको प्रतिक्रिया दिएका छन् ।

यसरी सुरू भएकाे थियाे विवाद 

चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्कीले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको मर्यादाक्रममा राख्ने प्रस्ताव पेश गरे । कांग्रेस र प्रजातान्त्रिक एकता हुँदा पौडेलपछि भएकाले उनलाई यो वरियता दिनु पर्ने कार्कीको तर्क थियो ।

अरु नेताहरुको मर्यादाक्रम भने विस्तारै निर्धारण गर्दै जाने उनको प्रस्ताव थियो । कार्कीले प्रतिवेदन बाचन गर्नु अघि नै श्रेष्ठको कुर्सी मर्यादाक्रमअनुसार मिलाइसकिएको थियो । तर, नेता प्रकाशमान सिंहले विरोध गरे । सबै नेताको मर्यादाक्रम तोकेर मात्र प्रस्ताव ल्याउनुपर्ने र केन्द्रीय कार्यसमितिले पास गरेपछि मात्र लागू गर्नु पर्ने उनको माग थियो ।

उनलाई बलबहादुर केसीले समर्थन गरे । तर, देउवा पक्षका महेन्द्र यादवले ‘सुशील कोइरालाको पालामा हामीले भनेको सुन्नभो’ भन्दै प्रतिवाद गरेपछि होहल्ला भयो । नेताहरुले वादविवाद गरिरहँदा देउवा सभापतिको आसनबाट उठेर सिंहतर्फ संकेत गर्दै ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेको एक नेताले सुनाए ।

सभापति नै विवादमा उत्रिएपछि नेताहरुले एकअर्कालाई सम्झाएका थिए । एक नेताले भने, ‘नेताहरुबीच विवाद हुनु त स्वभाविक मान्न सकिएला तर, सभापति आफैं कुर्सीबाट उठेर विवाद गर्दा निकै नमज्जा लाग्यो ।’ कांग्रेसमा लामो समयदेखि मर्यादाक्रमको विवाद छ । आफ्नो मर्यादाक्रम नमिलेको भन्दै गोपालमान श्रेष्ठले बैठकमा उपस्थिति जनाउन हस्ताक्षर समेत गर्न छाडेका थिए । डा. रामशरण महत लगायतका नेताहरुले पनि मर्यादा क्रमप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २०७४, १० चैत्र शनिबार  ९ : १५ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका