२०८३, ३१ भाद्र बिहीबार

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति


काठमाडौं । उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो ।

संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् । ‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसरी शुल्कको भार थोपर्ने कार्यले सिंगो विद्यार्थी वर्गलाई निजीकरण र व्यावसायिकरणको चक्रभित्र धकेल्ने काम गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अखिल (क्रान्तिकारी) ले विभिन्न स्थानीय तहहरूबाट छात्रवृत्तिको सिफारिसमा देखिएको पक्षपात, भेदभाव र दलगत हस्तक्षेपप्रति पनि आपत्ति जनाएको छ। संगठनले दलगत वा व्यक्तिगत सम्बन्धका आधारमा छात्रवृत्तिको पहुँच निर्धारण हुनु असंवैधानिक र अमानवीय भएको स्पष्ट पारेको छ । ‘शिक्षा सबैको अधिकार हो, सुविधा र सिफारिसको विषय होइन,’ विज्ञप्तिमा भनिएको छ ।

संगठनले सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै शुल्कवृद्धि र छात्रवृत्तिमा देखिएको भेदभाव तत्काल अन्त्य गर्न माग गरेको छ । साथै, यदि मागहरू सम्बोधन भएनन् भने देशभरका विद्यार्थीहरूलाई एकजुट गर्दै सशक्त संघर्षका कार्यक्रमहरू अघि बढाइने चेतावनी पनि दिएको छ । ‘शिक्षा अधिकार हो, व्यापार होइन’ भन्ने नारासहित संगठनले सार्वजनिक शिक्षा प्रणालीको रक्षा गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  १२ : २५ बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर