२०८३, १३ कार्तिक शुक्रबार

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति


काठमाडौं । उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो ।

संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् । ‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसरी शुल्कको भार थोपर्ने कार्यले सिंगो विद्यार्थी वर्गलाई निजीकरण र व्यावसायिकरणको चक्रभित्र धकेल्ने काम गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अखिल (क्रान्तिकारी) ले विभिन्न स्थानीय तहहरूबाट छात्रवृत्तिको सिफारिसमा देखिएको पक्षपात, भेदभाव र दलगत हस्तक्षेपप्रति पनि आपत्ति जनाएको छ। संगठनले दलगत वा व्यक्तिगत सम्बन्धका आधारमा छात्रवृत्तिको पहुँच निर्धारण हुनु असंवैधानिक र अमानवीय भएको स्पष्ट पारेको छ । ‘शिक्षा सबैको अधिकार हो, सुविधा र सिफारिसको विषय होइन,’ विज्ञप्तिमा भनिएको छ ।

संगठनले सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै शुल्कवृद्धि र छात्रवृत्तिमा देखिएको भेदभाव तत्काल अन्त्य गर्न माग गरेको छ । साथै, यदि मागहरू सम्बोधन भएनन् भने देशभरका विद्यार्थीहरूलाई एकजुट गर्दै सशक्त संघर्षका कार्यक्रमहरू अघि बढाइने चेतावनी पनि दिएको छ । ‘शिक्षा अधिकार हो, व्यापार होइन’ भन्ने नारासहित संगठनले सार्वजनिक शिक्षा प्रणालीको रक्षा गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  १२ : २५ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित