२०८३, १० कार्तिक मंगलबार

काँग्रेसमा मर्याक्रमलाई लिएर भाडभैलो

काँग्रेसमा मर्याक्रमलाई लिएर भाडभैलो


मर्यादाक्रमलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । नेताहरुबीच भएको वादविवादमा पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भए ।

नेताहरुले भने सभापति देउवाले धर्यता गुमाएको प्रतिक्रिया दिएका छन् ।

यसरी सुरू भएकाे थियाे विवाद 

चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्कीले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको मर्यादाक्रममा राख्ने प्रस्ताव पेश गरे । कांग्रेस र प्रजातान्त्रिक एकता हुँदा पौडेलपछि भएकाले उनलाई यो वरियता दिनु पर्ने कार्कीको तर्क थियो ।

अरु नेताहरुको मर्यादाक्रम भने विस्तारै निर्धारण गर्दै जाने उनको प्रस्ताव थियो । कार्कीले प्रतिवेदन बाचन गर्नु अघि नै श्रेष्ठको कुर्सी मर्यादाक्रमअनुसार मिलाइसकिएको थियो । तर, नेता प्रकाशमान सिंहले विरोध गरे । सबै नेताको मर्यादाक्रम तोकेर मात्र प्रस्ताव ल्याउनुपर्ने र केन्द्रीय कार्यसमितिले पास गरेपछि मात्र लागू गर्नु पर्ने उनको माग थियो ।

उनलाई बलबहादुर केसीले समर्थन गरे । तर, देउवा पक्षका महेन्द्र यादवले ‘सुशील कोइरालाको पालामा हामीले भनेको सुन्नभो’ भन्दै प्रतिवाद गरेपछि होहल्ला भयो । नेताहरुले वादविवाद गरिरहँदा देउवा सभापतिको आसनबाट उठेर सिंहतर्फ संकेत गर्दै ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेको एक नेताले सुनाए ।

सभापति नै विवादमा उत्रिएपछि नेताहरुले एकअर्कालाई सम्झाएका थिए । एक नेताले भने, ‘नेताहरुबीच विवाद हुनु त स्वभाविक मान्न सकिएला तर, सभापति आफैं कुर्सीबाट उठेर विवाद गर्दा निकै नमज्जा लाग्यो ।’ कांग्रेसमा लामो समयदेखि मर्यादाक्रमको विवाद छ । आफ्नो मर्यादाक्रम नमिलेको भन्दै गोपालमान श्रेष्ठले बैठकमा उपस्थिति जनाउन हस्ताक्षर समेत गर्न छाडेका थिए । डा. रामशरण महत लगायतका नेताहरुले पनि मर्यादा क्रमप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २०७४, १० चैत्र शनिबार  ९ : १५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा