२०८२, ३० असार सोमबार

एमाले र माओवादी केन्द्रबाट थपिए मन्त्री, काभ्रे २ का सांसद गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मेवारी, को–को थपिए मन्त्री ?

एमाले र माओवादी केन्द्रबाट थपिए मन्त्री, काभ्रे २ का सांसद गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मेवारी, को–को थपिए मन्त्री ?


चैत्र २ काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार तेस्रो चरणको मन्त्रिमण्डल विस्तार गर्दै १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई आज साँझ सपथ ग्रहण गराएका छन् । आज विस्तार गरिएको मन्त्रीमण्डलमा ओली पछि संघीय प्रतिनिधिसभामा दोस्रो लोकप्रिय मत प्राप्त गरेका काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाइएको छ । स्रोतकाअनुसार उनलाई मन्त्रीमण्डलको बैठकमा सहभागी गराउने गरी राज्यमन्त्री बनाइएको हो ।

एमाले अध्यक्ष समेत रहेका ओलीले सरकारलाई सन्तुलित बनाउन नसकेको आरोप खोप्नु परेको छ । स्वयम् उनकै पार्टीका नेताहरुले प्रम ओलीलाई यस्तो आरोप लगाएका छन् । सात वटै प्रदेश समेटेर सरकार विस्तार गर्न असफल प्रधानमन्त्री ओलीद्वारा विस्तारित मन्त्रीमण्डलमा काँस्की र गुल्मी जिल्लाका दुई÷दुई सांसदलाई मन्त्री बनाएका छन् । गुल्मीबाट प्रदिप ज्ञवाली र गोकर्ण विष्ट मन्त्री भएका छन् । ज्ञवाली परराष्ट्र र विष्टलाई श्रम तथा रोजगार मन्त्री बनाइएको छ । त्यस्तै कास्कीबाट रवीन्द्र अधिकारी र जगत विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् । अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेबारी दिइएको छ भने विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् । उनीहरु चारैजना एमालेबाट नियुक्त भएका हुन् । ओलीले सातै प्रदेशबाट स्वच्छ छवी बनाएका नेतालाई मन्त्री बनाउने बताएका ओली नेतृत्वको सरकारले सबै प्रदेशलाई न्याय गर्न भने सकेको देखिएको छैन । एमालेबाटै छानिएका अन्य मन्त्रीहरुमा रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन मन्त्री बनेका छन् । यस्तै यसअघि जनसंख्या वातावरण मन्त्री बनेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


यसैगरी माओवादी केन्द्रले पार्टीबाट पाँचजना सांसद मन्त्री बनेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री बन्न पठाएकाहरुमा वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुन् भने बस्नेत पूर्वगृहमन्त्री हुन् । यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बनेकी छिन् । प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खनाल मन्त्री भएपछि जनार्दन शर्माको नाम काटिएको छ । कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार  ७ : ५८ बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल