२०८२, १५ असार आईतबार

बनेपामा अाज पनि नयाँ बस छेक्न पुराना बस ब्यवासीय समितीका पदाधिकारी तैनाथ

बनेपामा अाज पनि नयाँ बस छेक्न पुराना बस ब्यवासीय समितीका पदाधिकारी तैनाथ


बनेपा । काभ्रेकाे बनेपा चार दाेबाटाेमा अाज पनि नयाँ बस राेक्न भन्दै पुरानाे बस ब्यवसायी समितीका पदाधिकारी अबरोधमा उत्रिएका छन्र । काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिको दादागीरी र सिन्डीकेट रहेको यस रूटमा मयुर यातायात प्रा.लिकाे वाइफाई सुविधा सहितको नयाँ बस अहिले बनेपामा आउने भएपछि बाटो छेक्न सामितिका पदाधिकारी तैनाथ भएका हुन् । मयूर यातायात बनेपामा आउने भएपछि झडप हुने संभावनालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले बनेपा साँगा पुल बजार क्षेत्रमा प्रहरी परिचालन गरेकाे छ।

मयूर यातायात प्रालिले हिजाेबाट बनेपा काठमाडौं चक्रपथ परिक्रमा ग र्ने गरी बस सेवा सुरु गरेको छ । नयाँ समितिको बस कोटेश्वर–लोकन्थली, कौशलटार, गठ्ठाघर,सल्लाघारी, सूर्यविनायक,जगाती, साँगा, बनेपा हुँदै सोही सडक फिर्ता हुने गरी रुट तय गरेको छ । प्रालीले यातायात व्यवस्था विभागको अनुमति पत्र नं ११०६ समेत बसको अगाडी भागमै उल्लेख गरेको छ ।

यस रुटमा दादागीरी देखाउदै थोत्रा बस संचालन गदै आएका काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका पदाधिकारीहरुले बनेपाको चारदोबाटोमा जम्मा भई नयाँ सुविधा सम्पन्न गाडीलाई रोक्ने र यात्रुहरुलाई चड्न नदिने कार्य गर्दै अाएका छन् । तर काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समाजसेवी कृष्णगोपाल भैलले मयुर बसको स्वागतमा फेसबुक बाटै स्वागत गरेको छ ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन ‘स्वागत गरौं सम्पूर्ण बनेपा बासीका तर्फबाट, काभ्रेको बनेपाबासीहरुलाई खुशिको खबर । आजबाट मयुर यातायातको काठमाडौको चक्रपथ परिक्रमा गर्दै बनेपासम्म नयां बस सेवा शुरु भयो ।’ स्मरण रहोस काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका दर्जनौं बसहरु २० वर्ष पुराना थोत्रा रहेका छन् ।

प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार  ११ : १६ बजे

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ