२०८३, १५ असार मंगलबार

शिक्षक संगठनका नवनिर्वाचित अध्यक्ष पाण्डेय भन्छनःसमग्र शिक्षकहरुको हकहितमा काम गर्नु नै मेरो पहिलो दायित्व हो

शिक्षक संगठनका नवनिर्वाचित अध्यक्ष पाण्डेय भन्छनःसमग्र शिक्षकहरुको हकहितमा काम गर्नु नै मेरो पहिलो दायित्व हो


बनेपा/नेपाल राट्रिय शिक्षक संगठन काभ्रेको जिल्ला अध्यक्षमा श्याम प्रसाद पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । १२ औँ जिल्ला अधिवेशनबाट पाण्डेय अध्यक्षमा दोस्रो पटक निर्विारोध निर्वाचित भएका हुन् ।

संगठनको उपाध्यक्षमा सुवद्रा अधिकारी र चेत प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा रामचन्द्र थापा, कोषाध्यक्षमा माधव प्रसाद दाहाल, सहसचिवमा युरोपिया श्रेष्ठ, सहकोषाध्यक्षमा सुनिता नेपाल निर्वारोध निर्वाचित भएका हुन् । अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधि सदस्य समेत छनोट गरेको छ ।

निर्वाचित भएपछि अध्यक्ष पाण्डेयले स्थानीय तहमा शिक्षक संगठनको नयाँ समिति गठन भइसकेको र अब उनीहरुलाई सक्षम बनाउन आफु लाग्ने बताए । “नयाँ संरचनासँगै हाम्रो पनि भूमिका फेरिएको छ, स्थानीय तहमा नयाँ समिति बनेका छन्, उनले खबरघर अनलाईनसँग भने “स्थानीय तह र प्रदेश समितिसँग समन्वय गर्दै जिल्ला भित्र रहेका शिक्षकहरुको हकहितमा संगठन अझ सशक्त भएर अघि बढ्छ ।”

 

संगठनले शिक्षकहरुलाई आवश्यक पर्ने तालिम, शिक्षक सेवा आयोगको तयारी कक्षा जस्ता शिक्षकहरुको क्षमता अभिबृद्धि सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेयले शिक्षकहरुको सदस्य संख्या बढाउन समेत आफु लागि पर्ने बताए । “संगठनमा आबद्ध भएका तर सदस्यता नविकरण नभएका शिक्षक सदस्यहरुको नविकरण गराउने र संगठनलाई सबैको साझा संगठन बनाउन लाग्ने छु ” उनले भने । १२ औँ जिल्ला अधिवेशनमा १७ सय ४२ जना शिक्षकशिक्षिकाले सदस्यता नविकरण गरेका थिए ।

प्रकाशित मिति : २०७४, ६ फाल्गुन आईतबार  ६ : ४१ बजे

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड

दाङ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट नेताहरूको लुम्बिनी

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मतपरिणाममा देखिएको त्रुटि

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल (Voice of

कोशी बजेट विवाद मिलाउन कार्यदल, संशोधनमै कानुनी अन्योल

विराटनगर । कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद