२०८३, ४ आश्विन सोमबार

सुस्मा स्वराज काठमाडौंमा, भेटघाटमा व्यस्त

सुस्मा स्वराज काठमाडौंमा, भेटघाटमा व्यस्त


काठमाडौ / भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छिन् । उनी दिउँसो ४।१५ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
स्वराजका साथमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार लगायत भारतीय अधिकारी छन् ।

विदेशमन्त्री स्वराजको स्वागत गर्न अर्थराज्यमन्त्री उदय शमशेर राणा त्रिभुवन विमानस्थल पुगेका थिए । दुई दिने भ्रमण सकी शुक्रवार स्वराज स्वदेश फर्कने अधिकारीहरूले बताएका छन्।

क–कसलाई भेट्दै छिन्  ?
दुई दिने नेपाल भ्रमणका क्रममा उनले नेपालको परराष्ट्र मन्त्रालयले स्वराजले विशिष्ट व्यक्तित्व र विभिन्न दलका शीर्षस्थ नेतासँग भेट्ने जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्नेछिन् । उनको सम्मानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बेलुका होटल सोल्टीमा रात्रीभोजको आयोजना गर्दैछन्।

ओलीसँगको भेट लगत्तै स्वराजले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरुसँग भेट गर्ने कार्यक्रम छ। भेटमा राजपा अध्यक्ष मण्डलका ६ सदस्य सहभागी हुनेछन्। शुक्रबार विहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्ने कार्यक्रम छ।

आउनुको कारण के र ?

विदेशीमन्त्री स्वराजको नेपाल भ्रमण दुई देशबीचको आपसी हितका विषयमा छलफल गर्नका लागि भनेर काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै विज्ञप्तीमा भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने पनि विज्ञप्तिमा उल्लेख छ । तर नयाँ सरकार बन्नुभन्दा केहीअघि मात्रै स्वराजले गर्न लागेको नेपाल भ्रमणलाई विदेश मामिलाका कतिपय जानकारले ’अस्वाभाविक’ भनेका छन् ।

उनले भ्रमणमा राष्ट्रपति प्रधानमन्त्रीसँगै दलका नेताहरुलाई समेत भेट्ने इच्छा व्यक्त गरेकी परराष्ट्र मन्त्रालय सूचना अधिकृत रामबाबु ढकाल बताएका छन् । चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयासमा रहेको ठानिएको वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि भारतले देखाएको हतारले धेरै महत्तव राख्ने नेपाल–भारत सम्बन्धका एक जानकार पत्रकार युवराज घिमिरे बताउँछन् ।

प्रकाशित मिति : २०७४, १८ माघ बिहीबार  ७ : ३१ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका