२०८२, २२ माघ बिहीबार

काभ्रेलाई प्रदेशको राजधानी र डाँडापारिलाई सुगम बनाइनेछ : अध्यक्ष प्रचण्ड

काभ्रेलाई प्रदेशको राजधानी र डाँडापारिलाई सुगम बनाइनेछ : अध्यक्ष प्रचण्ड


डाँडापारि, महाभारत काभ्रे । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले वाम गठबन्धनको नयाँ सरकार बने लगत्तै काभ्रेको विकट क्षेत्र डाडापारीको महाभारत र खानीखोला गाउपालिकालाई विकासका सबै पुर्वाधार पु¥याइने बताएका छन् । उनले प्रदेश नम्बर तीनको राजधानी पनि वाम गठबन्धनको सरकारले काभ्रेमा नै बनाउने ठोकुवा गरेका छन् । अध्यक्ष प्रचण्डलाई महाभारत गाउपालिकाको अवस्थाबारे जानकारी गराउने र प्रचण्ड लगाएत जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सातजना सांसदलाई सम्मान गर्ने कार्यक्रममा विहिवार हेलिकप्टरबाट डाँडापारि पुगेको अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

राष्ट्रिय राजनीतिबारे मन्तव्य राख्दै उनले वाम गठबन्धनको सरकार बन्न र एकता रोक्न प्रतिक्रियावादीहरु लागिपरेका छन् । छिट्टै वाम गठबन्धनको जनवादी सरकार गठन गरिने पनि उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले उद्घोष गरेका छन् । कार्यक्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विकट क्षेत्र डाँडापारिको विकासको लागि माओवादी अध्यक्ष प्रचण्डलाई चौधवुँदे मागपत्र पेश गरेका थिए । गाउँपालिका अध्यक्ष जिम्बाको माग बमोजिम अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन लगत्तै काभ्रेको खानीखोला र महाभारत गाउँपालिकालाई तत्काल विषेश क्षेत्र घोषणा गरिने बताएका थिए । कार्यक्रममा अध्यक्ष प्रचण्डले भने– ‘संविधानमा विकट गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गरिने प्रावधान रहेको छ ।’

केन्द्रीय राजधानीसँग जोडिएको जिल्लामा पनि सडक सञ्जाल नपुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आश्चर्य मान्दै भने– ‘यहाँ सडक पु¥याउने व्यवस्था तत्काल मिलाउनेछु ।’ जिल्ला सदरमुकामबाट यहाँसम्म सडक विस्तार गर्न १० किलोमिटर ट्रयाक खोल्न बाँकी छ । काभ्रेको विकट मानिएको डाँडापारि क्षेत्रमा ललितपुर, सिन्धुली र मकानपुरबाट आउने ६ वटा सडकको लागि पनि बजेट व्यवस्था गरिदिन गाउन्पालिका अध्यक्ष जिम्बाले राखेको मागलाई पनि प्रचण्डले तत्काल संवोधन गर्ने बचन दिएका छन् ।

डाँडापारि क्षेत्रमा सामुदायीक अस्पताल खोल्ने कुरामा पनि अध्यक्ष प्रचण्डले तत्काल सहयोग गर्ने भन्दै सामुदायिक अस्पताल खोल्न स्थानीयतहले प्रक्रिया पूरा गरी तत्काल आउन आग्रह गरेका छन् । उनले डाँडापारि क्षेत्रमा विद्युतको केन्द्रीय प्रशारण लाईन पनि तत्काल जोड्न प्रक्रियाको थालनी गराउन आफूले सहयोग गर्ने उनले कार्यक्रममा बताएका थिए ।

इलाका प्रशासन कार्यालय डाँडापारिको बनखुमा राख्ने बारेमा पनि अध्यक्ष प्रचण्डले विहिवार नै प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तीन वर्षअघि साविक घर्तिछाप गाविसमा इलाका प्रशासन कार्यालय खोल्ने निर्णय भएको र कर्मचारी र वजेटको पनि व्यवस्था भएको थियो । तर, कर्मचारीहरुले भने सदरमुकममै बसेर तलभक्ता खाने काम गरे र कर्मचारी गएनन् । अब बनखुमा तत्काल इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रचण्डले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

डाँडापारिका स्थानीय खोलाबाट विद्युत उत्पादन, कफी र जडिबुट्टी प्रशोधन केन्द्र स्थापनाका साथै क्याम्पस खोल्ने कुरामा पनि प्रचण्डले नयाँ सरकार गठन लगत्तै सबै काम अघि बढाउने बताए । सम्मान कार्यक्रममा जिल्लाबाट निर्वाचित सांसदहरु गोमा भुर्तेल, गोकुल बास्कोटा, गंगाबहादुर दोङ ‘बमध्वज,’ रत्न ढकाल, चन्द्रलामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईका साथै नुवकोटका सांसद हितवहादुर तामाङलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७४, १८ माघ बिहीबार  ६ : ३३ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक