२०८२, २ चैत्र मंगलबार

पेट्रोलियम पदार्थको मूल्यबृद्धिबिरुद्ध विद्यार्थी सडकमा, विद्यार्थी र प्रहरीबीच झडप, अखिलका दर्जर्नौ विद्यार्थी घाइते

पेट्रोलियम पदार्थको मूल्यबृद्धिबिरुद्ध विद्यार्थी सडकमा, विद्यार्थी र प्रहरीबीच झडप, अखिलका दर्जर्नौ विद्यार्थी घाइते


१८ पुस, काठमाडौं । निर्वाचन आयोग, र देउवा सरकारले इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध शान्तीपुर्ण आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।

झडपमा प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर शेखर बोहरा लगायतका दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् । उपाध्यक्ष बर्तौलाको टाउकोमा चोट लागेको छ । विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसबाहिर प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले इन्धनमा मूल्यबृद्धि गरिएको भदै देउवाको पुत्ला जलाउन लागेपछि प्रहरीसँग झडप भएको हो ।

विद्यार्थीहरुले सरकार र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवविरुद्ध नाराबाजी गरेका थिए । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

प्रकाशित मिति : २०७४, १८ पुस मंगलबार  ४ : २८ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका