२०८३, ३ असार बिहीबार

ओली र प्रचण्डको एउटै स्वर : वाम गठबन्धनलाई कसैले तोड्न सक्दैन

ओली र प्रचण्डको एउटै स्वर : वाम गठबन्धनलाई कसैले तोड्न सक्दैन


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामगठबन्धनलाई कसैले तोड्न नसक्ने दाबी गरेका छन् । शनिबार एमाले उपाध्यक्ष बामदेव गौतमद्धारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक बिमोचनमा कार्यक्रममा दुई अध्यक्षले वाम गठबन्धनलाई भत्काउने प्रयास भइरहेको भए पनि त्यो सम्भव नहुने ठोकुवा गरेका हुन् ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको कांग्रेस वामगठबन्धन भत्काउन लागिपरेको बताए । जनताले मुलुकको समृद्धि लागि अभिभारा र हैसियत दुवै दललाई दिएको भन्दै अध्यक्ष ओलीले जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि जनमतको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वामगठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन प्रयाय भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि अनेक बहानाबाजी सत्ता लम्ब्याएर वाम गठबन्धन भत्काउन सकिन्छ कि भनेर लागिपरेको भन्दै अध्यक्ष ओलीले दुनियाको कुनै शक्तिले गठबन्धनलाई तोड्न नसक्ने बताए । उनले भने, ‘अब माओवादी र एमालेबीचको पार्टी एकतालाई कसैले बिथाल्न सक्दैन ।’ उनले केन्द्र र छ वटा प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने हुँदा काम गर्ने वातावरणसमेत बनेकाले यो अवसरलाई खेर जान नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामगठबन्धन तोड्ने अनेकखाले भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यो प्रयास कुनै पनि हालतमा सफल हुन नसक्ने बताए । उनले अहिलेको जनमत अनुसार नै वामगठबन्धनको सरकार भन्ने र त्यसले विकासमा फड्को मार्ने दाबी समेत गरे । उनले भने, ‘वामपन्थीको यो विजयले अब मुलुकलाई स्थायित्व र विकासतर्फ लैजानेछ ।’

प्रकाशित मिति : २०७४, १५ पुस शनिबार  ९ : १८ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई