२०८२, ८ कार्तिक शुक्रबार

ओली र प्रचण्डबीच डेढ घण्टा गोप्य वार्ता

ओली र प्रचण्डबीच डेढ घण्टा गोप्य वार्ता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता र सरकार गठनबारे बाहिर गरिएको आशंकालाई चिर्ने गरी अघि बढ्ने समझदारी भएको छ । नेकपा एमालेका अध्यक्ष ओलीको निवास बाल्कोटमा बुधबार भएको भेटवार्तामा दुई अध्यक्षबीच नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रियसभाबारे करिब डेढ घण्टा गोप्य छलफल भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल पाँच दिनसम्म चितवन बसेर दुई शीर्ष नेताबीच भेटवार्ता हुन नसक्दा पार्टी एकीकरण र सरकार गठनबारे अनेक आशंका गरिएको थियो । तर बुधबार दुई अध्यक्षबीच वरण्डाको पारिलो घाममा भएको छलफलमा एक दुई दिनभित्रै पार्टी एकताको मोडालिटी र सरकार गठनबारे संयोजन समितिको बैठक बोलाएर औपचारिक धारणा तय गर्ने समझदारी भएको बताइएको छ ।

छलफलमा वर्तमान सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा पनि दुवै नेता एकमत भएका छन् । निर्वाचन आयोगले तत्काल प्रतिनिधिसभाको समानुपातिक सिट विभाजन सार्वजनिक गरेर नयाँ सरकार गठनको वातावरण सहज बनाउनुपर्नेमा पनि दुवै नेताले जोड दिएका छन् ।

प्रकाशित मिति : २०७४, १२ पुस बुधबार  ८ : ३५ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले