२०८२, १८ कार्तिक सोमबार

किसानको सहारा बन्यो आर्सो नेपाल (फोटो फिचर)

किसानको सहारा बन्यो आर्सो नेपाल (फोटो फिचर)


बनेपा । काभ्रेमा ग्रामीण समाज कल्याण संघ (आर्सो नेपाल) भुकम्प पिडितहरुको सहारा बनेको छ । काभ्रेको बेथानचोक गाउँपालिकामा सञ्चालन भइरहेको भुकम्प पुनर्लाभ कार्यक्रमले किसानहरुलाई व्यवसायिक तरकारी खेती, उन्नत जातका वीऊ–विजन र टनेल निर्माणका लागि प्लाष्टिक वितरण गरेपछि किसानहरु व्यवसयिक खेती गर्न थालेका छन् ।

संस्थाले गाउँका किसानहरु संगठित रहेका चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था च्याम्राङबेसी, भगवती कृषि सहकारी संस्था ढुंखर्क र कामीडाँडा बचत तथा ऋण सहकारी संस्थालाई जनही २० लाखका दरले चुनौतीकोष दिएपछि त्यस भेगका किसानहरु व्यवसायिक कृषि तथा पशुपालनतर्फ हौसिएका छन् ।

यसैगरी आर्सो नेपालले किसानहरुको खेतीपाती तथा पशुपालनलाई सहयोग गर्न जिल्ला कृषि विकास कार्यालय र गाउँपालिकासँग समन्वय गरी तीनजना स्थानीयहरू लालबहादुर तामाङ, खुश्बु तामाङ र पेमा तामाङलाई श्रोतव्यक्तिको रुपमा परिचालन समेत गरिएको छ ।
किसानहरुलाई खेतवारीमै गएर तरकारी बालीमा लाग्ने रोगव्याधी, थोपा सिंचाई लगायत बिभिन्न किटनाशक औषधीको प्रयोगबारे परामर्श दिने गरेका छन् ।

किसानहरुले उत्पादन गरेको तरकारीको उचित व्यवस्थापनका लागि तरकारी संकलन केन्द्रको स्थापना, अम्रिसोको कुचो उत्पादन केन्द्रका साथसाथै व्यवसायिक खुवा उत्पादनका लागि कृषि औजार समेत सहयोग पु¥याएको छ । कार्यक्रम मर्सिकोर नेपाल र आर्सो नेपालको साझेदारी र गाउँपालिकासँगको समन्वयमा विगत २ वर्षदेखि सञ्चालित छ ।

प्रकाशित मिति : २०७४, ६ पुस बिहीबार  ६ : २२ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या