२०८३, ७ बैशाख मंगलबार

किसानको सहारा बन्यो आर्सो नेपाल (फोटो फिचर)

किसानको सहारा बन्यो आर्सो नेपाल (फोटो फिचर)


बनेपा । काभ्रेमा ग्रामीण समाज कल्याण संघ (आर्सो नेपाल) भुकम्प पिडितहरुको सहारा बनेको छ । काभ्रेको बेथानचोक गाउँपालिकामा सञ्चालन भइरहेको भुकम्प पुनर्लाभ कार्यक्रमले किसानहरुलाई व्यवसायिक तरकारी खेती, उन्नत जातका वीऊ–विजन र टनेल निर्माणका लागि प्लाष्टिक वितरण गरेपछि किसानहरु व्यवसयिक खेती गर्न थालेका छन् ।

संस्थाले गाउँका किसानहरु संगठित रहेका चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था च्याम्राङबेसी, भगवती कृषि सहकारी संस्था ढुंखर्क र कामीडाँडा बचत तथा ऋण सहकारी संस्थालाई जनही २० लाखका दरले चुनौतीकोष दिएपछि त्यस भेगका किसानहरु व्यवसायिक कृषि तथा पशुपालनतर्फ हौसिएका छन् ।

यसैगरी आर्सो नेपालले किसानहरुको खेतीपाती तथा पशुपालनलाई सहयोग गर्न जिल्ला कृषि विकास कार्यालय र गाउँपालिकासँग समन्वय गरी तीनजना स्थानीयहरू लालबहादुर तामाङ, खुश्बु तामाङ र पेमा तामाङलाई श्रोतव्यक्तिको रुपमा परिचालन समेत गरिएको छ ।
किसानहरुलाई खेतवारीमै गएर तरकारी बालीमा लाग्ने रोगव्याधी, थोपा सिंचाई लगायत बिभिन्न किटनाशक औषधीको प्रयोगबारे परामर्श दिने गरेका छन् ।

किसानहरुले उत्पादन गरेको तरकारीको उचित व्यवस्थापनका लागि तरकारी संकलन केन्द्रको स्थापना, अम्रिसोको कुचो उत्पादन केन्द्रका साथसाथै व्यवसायिक खुवा उत्पादनका लागि कृषि औजार समेत सहयोग पु¥याएको छ । कार्यक्रम मर्सिकोर नेपाल र आर्सो नेपालको साझेदारी र गाउँपालिकासँगको समन्वयमा विगत २ वर्षदेखि सञ्चालित छ ।

प्रकाशित मिति : २०७४, ६ पुस बिहीबार  ६ : २२ बजे

ट्रेड युनियन खारेज नगर्न बालेनलाई अन्तर्राष्ट्रिय ट्रेड युनियनको आग्रह

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ (WFTU) अन्तर्गतको सार्वजनिक सेवा

धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक

बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि निर्धारण गरेको

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय