२०८२, २० चैत्र शनिबार

नयाँ सरकार गठनमा अवरोध नगर : वामगठबन्धन

नयाँ सरकार गठनमा अवरोध नगर : वामगठबन्धन


काठमाडौं । वाम गठबन्धनका दुई शीर्ष नेताले नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । काठमाडौंमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनको विषय अघि सारेर नयाँ सरकार गठनमा अवरोध नगर्न आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले सरकार गठनमा राष्ट्रिय सभाको कुनै सम्बन्ध नरहेको भन्दै संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको दाबीसमेत गरे । राष्ट्रियसभा अध्यादेशलाई लिएर सरकार र नेपाली कांग्रेसले निहुँ खोजेको ओलीको आरोप थियो । उनले राष्ट्रपतिलाई असंवैधानिक कामका लागि दबाब नदिन चेतावनी समेत दिए ।

नयाँ जनमतलाई उपेक्षा गर्दै सरकारले दुरगामी प्रभाव पार्ने किसिमका नियुक्ति, सरुवा, बढुवा गरेको भन्दै गठबन्धनले आपत्तिसमेत जनाएको छ । सरकार गठनका विषयमा संविधानको गलत व्याख्या गरिरहेको भन्दै त्यसले जनमतको अवमूल्यन भएको समेत गठबन्धनले जनाएको छ । गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सरकारलाई संविधानको गलत व्याख्या नगर्न, संविधान कार्यान्वयनमा अवरोध नगर्न र लोकतान्त्रिक प्रक्रियाबाट प्रकट भएको जनमतलाई अवमूल्यन र अनादर नगर्न आग्रह गर्छौं ।’ विज्ञप्तिमा ताजा जनादेशअनुरुप नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वानसमेत गरिएको छ ।

गठबन्धनले निर्वाचनका केन्द्रीय घोषणा पत्र र स्थानीय प्रतिबद्धता कार्यान्वयन गरी जनता र राष्ट्रको सेवामा समर्पित हुने संकल्प पनि गरेको छ । नेपालको संविधानद्वारा निर्देशित रही स्वतन्त्र परराष्ट्रनीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र र विशेषतः छिमेकी देशहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सुमधुर सम्बन्ध राख्ने पनि गठबन्धनले जनाएको छ ।

यस्तो छ संयुक्त प्रेस वक्तव्य
२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित गर्नुुहुने दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्नुहुने वामपन्थी दलहरुका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक राजनीतिक दलहरु,उम्मेदवारहरु र प्रचारकहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । जनताबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुलाई हार्दिक वधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं ।

त्यसैगरी आ–आफ्नो आस्था एवं विश्वासको आधारमा विभिन्न पार्टी एवं उम्मेदवारहरुको पक्षमा मतदान गरेर संविधानको कार्यान्वयन र लोकतन्त्रको सवलीकरणमा योगदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचनको प्रभावकारिता अभिवृद्धि गर्न योगदान गर्नुहुने सञ्चारकर्मी एवं सञ्चार माध्यमहरुप्रति धन्यवाद व्यक्त गर्दछौं । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं ।

हामीले राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । अनेक प्रकारका अवरोधहरुलाई पन्छाउँदै संविधानसभाबाट संविधान जारी गर्नमा निर्णायक भूमिका निर्वाह गरेका छौं । नेपाली समाजमा विद्यामान सबै प्रकारका विभेद, असमानता र शोषण, उत्पिडन विरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । राष्ट्रिय स्वाधीनता, समृद्धि, समानता र सामाजिक न्यायको पक्षमा निर्णायक भूमिका निर्वाह गरेका छौं । सरकारको नेतृत्वमा रहँदा जनता र राष्ट्रको पक्षमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरेका छौं । अब हामी संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायित्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सवल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा स्थापित गर्न, राष्ट्रिय स्वाधीनता, एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखी जीवनको नेपाली चाहनालाई व्यवहारिक रुपमा सार्थक तुल्याउन प्रतिवद्ध छौं । नेपालको संविधानद्घारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै हामी सबै मित्र राष्ट्र,विशेषतः छिमेकी देशहरु त्था अन्तर्राष्ट्रिय संघ,संस्थाहरुसँग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौं ।

यही उद्देश्यका साथ हामीले पार्टी एकता गर्ने घोषणा गरेका हौं र यस निर्वाचनमा आपसी तालमेल गरेका हौं । हामी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत वामपन्थी शक्तिको नेतृत्वमा स्थीर सरकार निर्माण गर्न र उपरोक्त वमोजिका उद्देश्य हासील गर्न प्रतिवद्ध छौं । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणा पत्र तथा स्थानीय प्रतिवद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पवद्ध छौं ।

हामीले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछौं र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षागर्दछौं । त्यसैगरी सबै मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुबाट पनि साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं ।

निर्वाचन परिणाम प्रकाशित भए पश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र कृयाकलापहरु नेपालको संविधान, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरित छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ । हामी सरकारलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं ।

केपी शर्मा ओली

अध्यक्ष

नेकपा (एमाले)

पुष्पकमल दाहाल प्रचण्ड

अध्यक्ष

नेकपा (माओवादी केन्द्र)

मिति : २०७४ पुष २ गते

प्रकाशित मिति : २०७४, २ पुस आईतबार  ९ : ५१ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।