२०८२, २० चैत्र शनिबार

पार्टी एकता प्रक्रिया सुरु गर्ने प्रतिबद्धता

पार्टी एकता प्रक्रिया सुरु गर्ने प्रतिबद्धता


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले पार्टी एकताको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले वाम गठबन्धन जनताद्वारा अनुमोदित भइसकेकाले एकतालाई अन्तिम रुप दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनलाई अनुमोदन गरिसकेकाले एमाले र माओवादीसामू पार्टी एकतालाई अन्तिम रुप दिएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।

निर्वाचनबाट एमाले पहिलो र माओवादी दोस्रो पार्टीका रुपमा उदाएको बताउँदै प्रचण्डले दुई दलको ‘फ्युजन’ले अहिलेको परिणाम आएको दाबीसमेत गरे । वाम गठबन्धनको जितले मुलुक स्थायित्व र समृद्धिको नयाँयुगतिर प्रवेश गर्न लागेको दावी गर्दै प्रचण्डले झन्डै दुई तिहाइजितले ऐतिहासिक मौका दिएको र यसलाई सही रुपमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैगरी कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतामा विलम्ब गर्नु नहुने बताएका छन् । कम्युनिस्ट आन्दोलन र वामपन्थी शक्तिलाई निर्णायक रूपमा उभ्याउनका लागि तत्काल पार्टी एकता आवश्यक रहेको नेता नेपालको भनाइ थियो ।

त्यसैगरी एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले संक्रमणकाल अन्तय गरी मुलुक नयाँ युगमा प्रवेश गरेकाले चुनावी प्रतिबद्धता पूरा गर्न ढिलाइ गर्न नहुने बताए । एमाले महासचिव ईश्वर पोखरेलले चुनावअघि प्राविधिक रुपमा पार्टी एकता गर्न नसकिएको उल्लेख गर्दै अब त्यसबाट कोही पछि हट्न नमिल्ने बताए । चियापानमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २०७४, १ पुस शनिबार  १० : ५७ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।