२०८२, २२ श्रावण बिहीबार

पार्टी एकता प्रक्रिया सुरु गर्ने प्रतिबद्धता

पार्टी एकता प्रक्रिया सुरु गर्ने प्रतिबद्धता


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले पार्टी एकताको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले वाम गठबन्धन जनताद्वारा अनुमोदित भइसकेकाले एकतालाई अन्तिम रुप दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनलाई अनुमोदन गरिसकेकाले एमाले र माओवादीसामू पार्टी एकतालाई अन्तिम रुप दिएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।

निर्वाचनबाट एमाले पहिलो र माओवादी दोस्रो पार्टीका रुपमा उदाएको बताउँदै प्रचण्डले दुई दलको ‘फ्युजन’ले अहिलेको परिणाम आएको दाबीसमेत गरे । वाम गठबन्धनको जितले मुलुक स्थायित्व र समृद्धिको नयाँयुगतिर प्रवेश गर्न लागेको दावी गर्दै प्रचण्डले झन्डै दुई तिहाइजितले ऐतिहासिक मौका दिएको र यसलाई सही रुपमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैगरी कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतामा विलम्ब गर्नु नहुने बताएका छन् । कम्युनिस्ट आन्दोलन र वामपन्थी शक्तिलाई निर्णायक रूपमा उभ्याउनका लागि तत्काल पार्टी एकता आवश्यक रहेको नेता नेपालको भनाइ थियो ।

त्यसैगरी एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले संक्रमणकाल अन्तय गरी मुलुक नयाँ युगमा प्रवेश गरेकाले चुनावी प्रतिबद्धता पूरा गर्न ढिलाइ गर्न नहुने बताए । एमाले महासचिव ईश्वर पोखरेलले चुनावअघि प्राविधिक रुपमा पार्टी एकता गर्न नसकिएको उल्लेख गर्दै अब त्यसबाट कोही पछि हट्न नमिल्ने बताए । चियापानमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २०७४, १ पुस शनिबार  १० : ५७ बजे

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित

काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग

काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाले स्थापना गरेको पत्रकार

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुन सक्रिय रहँदा पनि जलवाष्पयुक्त हावाको