काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ ।
शुक्रकार काठमाडौमा भएको भेटवार्तमा पार्टी एकता विरोधी गतिविधी गर्नेलाई कडा कारवाही गर्ने बताएका छन् । भेटवार्तकै क्रममा निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल भएको थियो । यसैगरी एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भएको छ ।
बार्ताका क्रममा दुवै नेताले पार्टी एकीकरणमा अवरोध आउन नदिने भन्दै दुवै दलका कार्यकर्तालाई एकताबिरोधी गतिबिधिमा नलाग्न निर्देशन दिने सहमति भएका छन् ।
प्रतिक्रिया