२०८१, ४ आश्विन शुक्रबार

म हारे पनि गठबन्धनले जितेकोमा खुसी छु, काँधमा काँध मिलाएर अघि बढ्छु

म हारे पनि गठबन्धनले जितेकोमा खुसी छु, काँधमा काँध मिलाएर अघि बढ्छु


काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्दिया क्षेत्र नं १ वाट आफू पराजित हुनु परे पनि वाम गठबन्धनले देशब्यापी रुपमा विजय हासिल गरेको भन्दै गठबन्धनको उद्धेश्य पूरा गर्न आफू काँधमा काँध मिलाएर अघि बढ्ने वताएका छन् । गौतम उम्मेदवार रहेको वर्दिया १ मा झिनो मतान्तरले गौतमले पराजय ब्यहोर्नु परेको छ ।

गौतमले निर्वाचन क्षेत्रबाट आफू पराजित भएपछि विज्ञप्ति निकाल्दै त्यसवाट निराश नहुन पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई आग्रह गरेका छन् ।

                                                               गौतमको विज्ञप्ति
निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवादाउन्मुख लोकतान्त्रिक गणतन्त्रको संवैधानिक प्रत्याभुती प्राप्त गरेका छन् । २०७२ सालमा नयांँ राजनीतिक व्यवस्थाको रुपमा यसलाई संविधानभित्र समेटिएको छ र त्यसको कार्यान्वयनकै प्रकृयामा अगाडि बढ्दै हामीले स्थानीय निर्वाचन, संघीय प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन सम्पन्न गरिसकेका छौं । देशभित्रैबाट र संसारका कतिपय प्रभुत्ववादी एवं साम्राज्यवादी शक्तिले नेपाली जनताले प्राप्त गरेको यो महत्वपूर्ण उपलब्धिलाई बीचैमा निमोठ्ने र असफल बनाउने दुश्प्रयासहरु गरेता पनि नेपाली जनताको एकताले त्यस्ता प्रयासलाई सहजै निस्तेज बनाइदिएका छन् । हामी पूर्णरुपमा सफलताका खुड्किला चढ्दै अगाडी बढिरहेका छौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले आगामी दिनमा लोकतान्त्रिक अभ्यासमार्फत् देशलाई विकास र समृद्धिको पथमा अगाडी बढाउन ढोका खुलेको छ ।

म वाम गठबन्धनको एउटा प्रमख सूत्राधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु । म व्यक्तिगत रुपमा पराजित हुन परे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन । जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ । यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ उर्जाका साथ लागि पर्ने विश्वास पनि दिलाउन चाहन्छु । एउटा कम्युनिष्ट पार्टीको जिम्मेवार नेताको हैसियतले आगामी दिनमा सामाजिक न्याय, समानाता र समुन्नतीको लागि मैले गर्नसक्ने धेरै काममा मेरो उत्साहपूर्ण सहभागिता रहनेछ र राष्ट्र, राष्ट्रियता र जनताको हितमा मेरा पाइला सदैव अग्रगामी बनिरहनेछन् भन्ने विश्वास पनि सबै शुभचिन्तक एवं सर्वसाधारण जनतामा दिलाउन चाहन्छु । बर्दिया क्षेत्र नम्बर १ का मतदाता एवं सम्पर्ण जनता, जसले मलाई मत दिनुहुने तथा मप्रति सद्भाव राख्ने सम्पूर्ण जिल्लावासी बुवा, आमा, दाजुभाई तथा दिदी बहिनीप्रति म आभार व्यक्त गर्दै उहाँहरुको इच्छा, आकांक्षा तथा विकासका कैयन आवश्यकता परिपूर्ती गर्नमा मेरो निरन्तर प्रयत्न भइरहनेछ । म सदैव तपाईंहरुको प्रतिनिधिकै रुपमा क्रियाशील भइरहनेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।

आगामी दिनमा वाम गठबन्धनले प्राप्त गरेको यो अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपिदिएको मैले महसुस गरेको छु । नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको यो अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने गरी सबै चुनौतीको सामना गर्न मेरो पार्टीका सहयोद्धा कमरेडहरु र समग्र बाम गठबन्धनका सहयात्री कमरेडसँग काँधमा काँध मिलाई अगाडि बढिरहनेछु भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।

अन्त्यमा, यो जनविश्वासलाई बाम गठबन्धन वा कम्युनिष्टहरुको पक्षमा दीगो बनाई रहनका लागि र शदियौँसम्म नेपाल राष्ट्रको पुँजीको रुपमा यसलाई बचाइरहन सबैतिरबाट आवश्यक सहयोगको अपेक्षा पनि गर्दछु ।

वामदेव गौतम
उपाध्यक्ष
नेकपा एमाले केन्द्रीय कमिटी
अध्यक्ष, अखिल नेपाल किसान महासं

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ६ : ३३ बजे

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

आजको मौसम अपडेट : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै