२०८२, २० चैत्र शनिबार

धनकुटामा बाम गठबन्धनको किल्ला, एमालेको क्लिन स्विप

धनकुटामा बाम गठबन्धनको किल्ला, एमालेको क्लिन स्विप


धनकुटा प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । प्रदेससभा क निर्वाचन क्षेत्रमा एमाले निरन राई २०,०८८ प्राप्त गरी विजयी भएका छन्

उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३४४२ गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताए । राईले निकटम प्रतिद्धन्द्वी श्रेष्ठलाई ६६४६ मतले पराजित गरे ।

धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वार इन्द्रमणी पराजुली विजयी भएका छन् । उनले प्रतिस्पर्धीलाई १२ हजार चारसय २८ मतान्तरमा पराजित गरेर विजयी भएको घोषणा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । ।

विजयी पराजुलीले २०६५२ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघिय समाजवादी फोरम नेपालका उम्मेदवार अर्जुन थापाले ८२३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताए । विजयी भएपछि प्रतिक्रिया दिँदै दुवै सांसदले धनकुटालाई प्रदेस नंं १ को राजधानी बनाउन सक्दो पहल गर्ने बताए । सवै जिल्लाबासी र मतदातालाई धन्यबाद दिँदै उनीहरुले अव धनकुटाको विकास र समृद्धिमा निरन्तर काम गर्ने बताए ।

त्यसैगरी प्रतिनिधि सभामा बाम गठबन्धनकै एमालेका राजेन्द्र राईले २८ हजार ७६८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २०१२९ मत प्राप्त गरी पच्छाईरहेका छन् । धनकुटामा ४ स्थानमा मतगणना सुरु गरेकाले आज रातभरीमा परिणाम आउने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : ४३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।