२०८२, ६ कार्तिक बुधबार

धनकुटामा बाम गठबन्धनको किल्ला, एमालेको क्लिन स्विप

धनकुटामा बाम गठबन्धनको किल्ला, एमालेको क्लिन स्विप


धनकुटा प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । प्रदेससभा क निर्वाचन क्षेत्रमा एमाले निरन राई २०,०८८ प्राप्त गरी विजयी भएका छन्

उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३४४२ गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताए । राईले निकटम प्रतिद्धन्द्वी श्रेष्ठलाई ६६४६ मतले पराजित गरे ।

धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वार इन्द्रमणी पराजुली विजयी भएका छन् । उनले प्रतिस्पर्धीलाई १२ हजार चारसय २८ मतान्तरमा पराजित गरेर विजयी भएको घोषणा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । ।

विजयी पराजुलीले २०६५२ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघिय समाजवादी फोरम नेपालका उम्मेदवार अर्जुन थापाले ८२३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताए । विजयी भएपछि प्रतिक्रिया दिँदै दुवै सांसदले धनकुटालाई प्रदेस नंं १ को राजधानी बनाउन सक्दो पहल गर्ने बताए । सवै जिल्लाबासी र मतदातालाई धन्यबाद दिँदै उनीहरुले अव धनकुटाको विकास र समृद्धिमा निरन्तर काम गर्ने बताए ।

त्यसैगरी प्रतिनिधि सभामा बाम गठबन्धनकै एमालेका राजेन्द्र राईले २८ हजार ७६८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २०१२९ मत प्राप्त गरी पच्छाईरहेका छन् । धनकुटामा ४ स्थानमा मतगणना सुरु गरेकाले आज रातभरीमा परिणाम आउने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : ४३ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,