२०८२, ५ पुस शनिबार

३ लेख्नुपर्ने ठाउँमा २ लेखिएपछि काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना रोकियो

३ लेख्नुपर्ने ठाउँमा २ लेखिएपछि काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना रोकियो


काठमाण्डौँ÷काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ । मुचुल्का अनुसार कम्प्युटरमा इन्ट्रि गर्दा फरक परेपछि मतगणना रोकिएको हो ।

बनेपा नगरपालिका वडा नम्बर १० पुलबारको बुथमा मुचुल्कामा ३१९ भएको र अहिले हेर्दा २१९ मात्रै मत पाएपछि काँग्रेसका प्रतिनिधिहरुले मतगणना अघि बढ्न दिएका छैनन् । पार्टीमा आवश्यक सल्लाह गर्ने भन्दै काँग्रेसका प्रतिनिधिहरु बाहिरीका छन् ।

सहायक निर्वाचन अधिकृत तिलक कार्कीले टाइप गर्ने क्रममा त्रृटि भएको उल्लेख गरे । “मतदान सकिएपछि गरिएको मुचुल्का र कम्प्युटर इन्ट्रीमा १ सय मत फरक परेका छ, उनले भने “नेपाली काँग्रेसका प्रनितिधि सल्लाहका लागि निस्कनु भएको छ ।”

यो निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार गोकुल बास्कोटा ४ हजारभन्दा बढी मतका साथ अग्रस्थानमा छन् । उनको १५६८२ मत रहेका छ । भने उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार मधुआचार्यको मत ११२१२ रहेको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ६ : ५९ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा