काठमाण्डौ/विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् रत्न ढकाल । नेपालको शैक्षिक समस्या वर्गीय समस्या भित्रको एक अंश अझ भनौं अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका ढकाल वर्ग मुक्ति आन्दोलनको बाटोमा निरन्तर लम्किरहे । तत्कालीन नेकपा –माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनी सामेल भए । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा मुलुक अघि बढिरहेको अवस्थामा होस् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा उनी सधंै चिन्ता गर्ने व्यक्तित्व हुन् ढकाल । भारतीय शासकहरुले नेपाल भूमिमा परेड खेल्दा सिमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झाण्डा फहराएका ढकाल राष्ट्रिय स्वाधिनताको पक्षमा सधैं अग्रपंक्तिमा देखिन्छ ।
विद्यार्थी आन्दोलनमा १८ वर्ष
नेपाली कम्युनिष्ट आन्दोलन भित्र देखा परेको फूट परस्त मानसिकताका कारण विद्यार्थी आन्दोलनमा पनि त्यो खालको फूट परस्त मानसिकताको जन्म हुनु स्वभाविकै हो । जति संख्यामा नेपालका कम्युनिष्ट पार्टीहरु विभाजित भए त्यति नै संख्यामा विद्यार्थी संगठनहरु पनि विभाजित भएको देखिन्छ । त्यसै क्रममा विद्यार्थी आन्दोलनको एक सक्षम र कुशल नेतृत्वको रुपमा ढकाल अघि बढेको देखिन्छ ।
स्थानीय जागृति माविमा एस.एल.सी. पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका थिए । शहर पसेर पनि उनी चुप भने बसेनन् । २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहींबेला देखि नै उनी अखिल (क्रान्तिकारी)को पूर्ण कालीन सदस्यको रुपमा विद्यार्थी आन्दोलनमा लागे । माओवादी जनयुद्ध शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकाल अखिल क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव भएर काम गरेका थिए । त्यसैगरि २०६५ देखि २०६९ सम्म केन्द्रिय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रिय समितिको महासचिवको भूमिका रहेको उनी २०७२ देखि २०७३ सम्म अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्षको भूमिकामा थिए ।
बेपत्ता, हिरासत र जेलमा पनि झुकेनन् ढकाल
वुर्जुवा शिक्षाको अन्त्य र जनवादी शिक्षाको पक्षमा निरन्तर विद्यार्थी आन्दोलनमा रहेका ढकाल तत्कालीन प्रतिक्रियावादी राज्यसत्तालाई सह्यको विषय बनेको थिएन । माओवादी आन्दोलनकै एक अभिन्न अंगको रुपमा रहेको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अघि बढ्ने क्रममा उनी पटक पटक बेपत्ता, क्रूरतापूर्ण हिरासत र जेल समे बस्न बाध्य भएका थिए ।
उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गरेका थिए । अमानविय र क्रुरतापूर्वक उनलाई यातना दिई ११ दिन सम्म २ नम्बर गण महाराजगञ्जमा राखेका थिए । विद्यार्थीहरुको आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए । त्यसैगरि फेरि उनलाई २०५९ साल श्रावण ६ गते काठमाडौंको असनबाट गिरफ्तार ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमै राखेको थिए । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएका थिए । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रिय कारागार चलान गरेको थियो ।
२०५९ साल चैत्रमा फेरि उनी केन्द्रिय कारागारबाट रिहा भएका थिए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातना सहित बेपत्ता पारिएका थिए । त्यसपछि २०६२ मंरिमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरेका थिए । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको वलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते नख्खु जेलबाट उनी रिहा भएका थिए ।
ढकालको योजना
सडक सञ्जाललाई उनले पहिलो प्राथमिकतामा राख्दै कोशीपारि सडकको स्तरोन्नती, डाँडापारि महाभारत सडकको विस्तार तथा स्तरोन्नती, पनौती खोपासी तालढुंगाको सडक स्तरोन्नती र दाप्चा सडकको स्तरोन्नतीसँगै विभिन्न सहायक सडकहरुको विस्तार, रोशीको चौकीडाँडा–खहरेपाँगू–भुग्देउ–खोपासी पनौती सडक मार्गलाई वीपी राजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्ने उनको प्राथमिक योजनाभित्र परेका छन् ।
त्यसैगरी खानेपानी अभाव रहेका क्षेत्रमा आफ्नो कार्यकालमा खानेपानीको सुविधा सबै मतदाताको घरमा पु¥याउने संकल्प गरेका छन् । त्यस्तै संस्कृति र पर्यटन विकासका लागि पूर्वाधार तयार गर्न उनले तेमाल क्षेत्रमा तामाङ संग्राहलय स्थापना गर्ने, कोशीपारि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको तयार गर्ने र प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाभारत श्रृङ्खलामा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी ट्रेकिङ रुटको निर्माण गर्ने अर्को योजना छ । त्यस्तै सुनकोशी जलविद्यूत परियोजना सञ्चालन गरि आफ्नो क्षेत्रमा कायपल गर्ने ढकालको योजना छ ।
प्रतिक्रिया