२०८३, ७ भाद्र सोमबार

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै


काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू अघि बढाउने तयारी गरिएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि प्रारम्भिक छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई विस्तृत दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ। बैठकको कार्यसूचीमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक पनि समावेश छन्। जसअनुसार: प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र २०८३ मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ यी दुवै विधेयकमाथि दफाबार छलफल गर्दै अन्तिम निर्णयतर्फ अघि बढाउने तयारी गरिएको छ।

संसद् बैठकमा आज प्रस्तुत हुने यी विधेयकहरूलाई कानुनी सुधार र निर्वाचन व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : २०८३, ११ जेष्ठ मंगलबार  ९ : ४८ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन