२०८३, १४ कार्तिक शनिबार

मध्यरातमा काभ्रेको बाम गठबन्धनलाई ठूलो सफलता

मध्यरातमा काभ्रेको बाम गठबन्धनलाई ठूलो सफलता


काठमाण्डौ/गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुले जिल्लामा बाम गठबन्धनका पक्षमा मतदान गर्न जिल्लाका सम्पूर्ण मतदातालाई अपिल गरेका छन् ।

उनीहरुले गाउँ र देशको सम्बृद्धीका लागि स्थानीय तहमा जस्तै प्रदेश र केन्द्रमा समेत बाम गठबन्धनको सरकार बन्न आवश्यक रहेको भन्दै बामगठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन् । १३ स्थानीय तह रहेको काभ्रेमा ९ वडा स्थानीय तहमा बाम गठबन्धन विजयी भएका थिए ।

६ नगरपालिका मध्ये पाँचखाल बाहेक धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा एमाले विजयी भएको थियो । त्यस्तै ७ वटा गाउँपालिका मध्ये भूम्लु र खानीखोला गाउँपालिकामा एमाले विजयी भएको थियो । त्यसैगरी चौरीदेउराली र महाभारत गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको थियो । जिल्लाको तेमाल, बेथानचोक, रोशी गाउँपालिका र पाँचखाल नगरपालिका भने नेपाली काँग्रेसले जितेको थियो ।

एमाले र माओवादी केन्द्रका गरी ६८ जना वडाध्यक्ष र ५ नगरपालिकाका नगरप्रमूख/उपप्रमूख र ६ वडा गाउँपालिकाकाका प्रमूख/उप्रमूखले दीर्घकालिन विकासका लागि समेत बाम गठबन्धन अपरिहार्य रहेको भन्दै काभ्रे जिल्लामा बाम गठबन्धन विजयी हुन आवश्यक रहेको औल्याएका छन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  १० : २५ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक