२०८३, ३२ असार शुक्रबार

मध्यरातमा काभ्रेको बाम गठबन्धनलाई ठूलो सफलता

मध्यरातमा काभ्रेको बाम गठबन्धनलाई ठूलो सफलता


काठमाण्डौ/गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुले जिल्लामा बाम गठबन्धनका पक्षमा मतदान गर्न जिल्लाका सम्पूर्ण मतदातालाई अपिल गरेका छन् ।

उनीहरुले गाउँ र देशको सम्बृद्धीका लागि स्थानीय तहमा जस्तै प्रदेश र केन्द्रमा समेत बाम गठबन्धनको सरकार बन्न आवश्यक रहेको भन्दै बामगठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन् । १३ स्थानीय तह रहेको काभ्रेमा ९ वडा स्थानीय तहमा बाम गठबन्धन विजयी भएका थिए ।

६ नगरपालिका मध्ये पाँचखाल बाहेक धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा एमाले विजयी भएको थियो । त्यस्तै ७ वटा गाउँपालिका मध्ये भूम्लु र खानीखोला गाउँपालिकामा एमाले विजयी भएको थियो । त्यसैगरी चौरीदेउराली र महाभारत गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको थियो । जिल्लाको तेमाल, बेथानचोक, रोशी गाउँपालिका र पाँचखाल नगरपालिका भने नेपाली काँग्रेसले जितेको थियो ।

एमाले र माओवादी केन्द्रका गरी ६८ जना वडाध्यक्ष र ५ नगरपालिकाका नगरप्रमूख/उपप्रमूख र ६ वडा गाउँपालिकाकाका प्रमूख/उप्रमूखले दीर्घकालिन विकासका लागि समेत बाम गठबन्धन अपरिहार्य रहेको भन्दै काभ्रे जिल्लामा बाम गठबन्धन विजयी हुन आवश्यक रहेको औल्याएका छन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  १० : २५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित