२०८२, २ कार्तिक शनिबार

काभ्रेमा काँग्रेसले जलायो बाम गठबन्धनको मोटरसाइकल, कार्यकर्ता छाडीदिन तिर्थको दवाव

काभ्रेमा काँग्रेसले जलायो बाम गठबन्धनको मोटरसाइकल, कार्यकर्ता छाडीदिन तिर्थको दवाव


काभ्रेको कोशीपारी गोठपानीमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले वाम गठबन्धनका कार्यकर्ताको मोटरसाइकल जलाइदिएका छन् । गोठपानी निवासी यूवराज चौलागाई चड्ने बा ७३ प २९१४ नम्बरको मोटरसाईकल, यज्ञ चौलागईको बा ५३ प ७०९४, मोहन चौलागाईको बा ७३ प १२२३ र कमल चौलागाईको बा ८३ प ४४५५ नम्बरको मोटरसाईकल राती ११ बजे घर नजिकै पार्किङ गरी राखेको ठाउँमै जलाएका हुन् ।

घटनामा संलग्न रहेको आशंकामा गोठपानी नेपाली काँग्रेसका कार्यकर्ता हरिशरण चौलागाई र देवप्रसाद चौलागईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख हरिकृष्ण केसीले जानकारी दिए । केसीले घटनामा संलग्नलाई घटनास्थलमा उनिहरुले लगाउदै आइरहेको टोपी र चप्पल समेत फेवा परेका छन् । यूवराजका दाई माधव चौलागाईले भाईहरु कुल पुजाका लागि काठमाडौबाट गाउँ पुगेका बेला घटना भएको हो । उनले भने हामीले वाम गठबन्धनलाई समर्थन गर्दै आइरहेका छौ ।   घटनमा संलग्नहरु आफ्नो कार्यकर्ता भएकाले नेपाली काँग्रेस उमेदवार तिर्थ लामाले प्रहरी चौकीमा फोन गरी तत्काल छोडिदिन दवाव दिएका छन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  १० : ५४ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी