नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ । स्याङ्गजाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ ः३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो ।
बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । भाग्यवस उनको सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्ना स्थल कटेको २० सेकेण्ड पछि सो विष्फोट भएको थियो । करिब १० मिनेट पहिले सोही रुट भएर नेकपा एमाले र बाम गठबन्धनका कार्यकर्ताहरु सबार गाडि गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
प्रतिक्रिया