२०८२, ४ कार्तिक सोमबार

काभ्रेको कोशीपारिका जनताको माया वाम गठबन्धनलाई, चुनावी सभामा जाँदै गर्दा बाटोमै बादलले सयौं कांग्रेस कार्यकतालाई प्रवेश गराए

काभ्रेको कोशीपारिका जनताको माया वाम गठबन्धनलाई, चुनावी सभामा जाँदै गर्दा बाटोमै बादलले सयौं कांग्रेस कार्यकतालाई प्रवेश गराए


विर्तादेउराली, काभ्रे । काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कात्तिकेदेउरालीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल, उम्मेदवारहरु बमध्वज र रत्न ढकाल, एमाले नेता पशुपति चौंलागाई लगायतको टोलीलाई स्थानीयबासीले भब्य स्वागत गरेका छन् ।

कार्यक्रमस्थलमा पुग्दै गर्दा वाम गठबन्धनको टोलीले कोशीपारिको विभिन्न क्षेत्रका नेपाली कांग्रेसका सयौं कार्यकर्ताहरुलाई वाम गठबन्धनमा प्रवेश गराउँदै फूलमालाद्वारा स्वागत गरेको टोलीमा सहभागी सञ्चारकर्मीहरुले बताएका छन् । कात्तिके देउरालीमा अहिले चुनावी सभा भइरहेको छ । सभामा माओवादी केन्द्रका नेता कमानसिं लामा, लालध्वज, दिनानाथ गौतम, रुकु चौलागाई, रेणुका चौलागाई, एमालेका दिपक चौलागाई, वावुकृष्ण पन्त, विक्रम चौलागाई, लेखराज गौतम, माओवादी केन्द्रका अशोक गौतम लगायतका नेता कार्यकर्ता सहित जनताको व्यापक सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार  २ : ५५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,