२०८१, १ फाल्गुन बिहीबार

पोखरेलको सपना टोखा–छहरे–त्रिशूली–केरुङ मार्गको विकास

पोखरेलको सपना टोखा–छहरे–त्रिशूली–केरुङ मार्गको विकास


प्रकाश सिलवाल
१५ मंसिर, काठमाडौँ । नेकपा एमालेका महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको परिकल्पनालाई मूर्तरुप दिनेसहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । नेपाल–चीन सम्बन्ध र समृद्धिको आधारका रुपमा उक्त सडक मार्ग विकासमा विगतमा आफूहरुले प्रयास गरेको पहललाई पूरा गर्ने अठोट महासचिव पोखरेलको छ । वाम गठबन्धनका उम्मेदवार पोखरेलले बूढानीलकण्ठ– डाडाँगाउँ– गुर्जेभञ्ज्याङ– सडक र बूढानीलकण्ठ– ५ डाडाँगाउँ र टोखा–१ झोर जोड्ने पक्की पुल निर्माणको कामलाई पनि प्राथमिकताका साथ सम्पन्न गरिने बताउनुभएको छ ।

 

“हामीले अठोट गरेका कामहरु पूरा गरेरै छाड्छौँँ ।” महासचिव पोखरेलले रासससँग भन्नुभयो, “मुलुकको स्थिरता र समृद्धिको योजना र सपना हामीसँग छ, जनताले जिताएपछि काम गरेर देखाउनेछौँ ।” सो क्षेत्रमा रहेका सामुदायिक र निजी विद्यालयबीच समन्वय गरी जेहेन्दार, विपन्न तथा दलित र पिछडिएको समुदायका विद्यार्थीलाई लक्ष्य गरी ‘विशेष छात्रवृत्ति’ को व्यवस्था मिलाउन पहल गरिने प्रतिबद्धतामा उल्लेख छ । बूढानीलकण्ठमा स्नातकोत्तर तहसम्म अध्ययनको प्रबन्ध मिलाउन पहल गरिने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई रोजगारीसँग जोडी युवाको लागि विशेष कार्यक्रम ल्याइने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतसँग प्रतिस्पर्धामा रहनुभएका पोखरेलले सो क्षेत्रलाई ‘अस्पताल हब’ बनाउने, स्वास्स्थ्य वीमा लागू गर्ने, ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ र ‘स्वर सम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण गर्ने उद्घोष गर्नुभएको छ । लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको विशालनगर–हाँडीगाउँको विकासलाई विशेष जोड दिने, शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रित गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोन, वर्षात्को पानी संकलन तथा शुद्धीकरण केन्द्र खोलिने उल्लेख छ ।

‘भ्यू टावर निर्माणजस्ता पूर्वाधारको विकास गरेर विशेषतः केबुलकारको माध्यमबाट नमूना गन्तव्यका रूपमा प्रवद्र्धन गरिनुका साथै, रानीबारी वन, टोखा वनभोज स्थललगायतका वन र पार्कको विकासलाई आधुनिक र व्यावसायिक रूपमा अघि बढाइने छ ।’ प्रतिबद्धतापत्रमा भनिएको छ, “हरेक वडामा नमूना सहकारी, मनोरञ्जनस्थल, पार्क, वाचनालय, व्यायामशाला र क्लबको विकासका साथै प्राकृतिक विपत्तिको बेलामा उपयोग हुने खुल्ला क्षेत्रको व्यवस्थापनमा योजनाबद्ध प्रयास गरिने छ ।”

यस्तै भूतखेल चौरमा राष्ट्रियस्तरको फुटबल मैदान निर्माण गर्ने, विष्णु–बूढानीलकण्ठ ९नारायणस्थान०, टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्य व्यवस्थित गरिने गठबन्धनको प्रतिबद्धता छ । सो निर्वाचन क्षेत्रको उत्तरी भेगमा अर्गा्निकखेतीको लागि आवश्यक आधार निर्माण गरी किसानलाई विशेष प्रोत्साहन गरिने र विष्णुमति, इच्छुमति, सामाखुशीलगायतका नदीको स्वच्छता र सौन्दर्यको लागि व्यवस्थित पहल अघि बढाइने पनि घोषणापत्रमा उल्लेख छ । महासचिव पोखरेलले आज बिहान चुनावी कार्यक्रमअन्तर्गत धनेश्वर र टोखामा घरदैलो गर्नुभयो । सो क्षेत्रमा गठबन्धनबाट प्रदेशसभा ‘क’ नारायण सिलवाल र प्रदेश ‘ख’ मा दीपक निरौला उम्मेदवार हुनुहुन्छ । रासस

प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार  २ : ४७ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले