२०८२, १७ पुस बिहीबार

श्रीखण्डपुर सहकारी दशौ वर्षमा प्रवेश

श्रीखण्डपुर सहकारी दशौ वर्षमा प्रवेश


धुलिखेल / श्रीखण्डपुर वचत तथा ऋण सहकारी संस्था लि धुलिखेल ५ को दशौ वार्षिक साधारण सभा गत शनिवार सोहि सहकारीका एस .ई.ई.परीक्षामा उक्तिर्ण १२ जना विद्यार्थीहरुले मनै वत्ति बालेर संयूक्त रुपमा उद्धाटन गरि सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हरि गोपाल प्रधानाङ्गको सभापतीत्वमा भएको कार्यक्रममा हरीगोपाल प्रधानाङ्गले अध्यक्षको, कोषाध्यक्ष प्रेम कर्मार्चायले कोषाध्यक्षको, सचिव राजेन्द्र कर्माचार्यले सचिवको, लेखा समितिको प्रतिवेदन लेखा संयोजक सुन्दरलाल रंजितकारले प्रस्तुत गरेका थिए । उक्त सवै प्रतिवेदनहरु राय सुझाव सहित पारित गर्दै ०७३÷७४ मा गरेका सम्पुर्ण निर्णयहरुलाई अनुमोदन गरी ०७४÷७५ को लागि रु १८,६२,००० को अनुमानित वजेट पारीत भएको थियो ।

कार्याक्रममा उत्कृष्ट शैक्षिक वचत कर्जा समिप श्रेष्ठ, उत्कृष्ट ऋण कारोवार गर्ने रमेश लामिछाने र नियमित वचत कर्ता सविना शाहि लाई संस्थाले सम्मान गरेको थियो । यसैगरी एस. ई. ई उक्तिर्ण भएका वाल वचत कर्ता निराज शाहि, सचिना श्रेष्ठ, प्रिति श्रेष्ठ, सुमित श्रेष्ठ, सौरव श्रेष्ठ, सलिना मानन्धर प्रिन्स मानन्धर, राम सुवाल, रासिका कर्माचार्य, अनिमा कर्माचार्य, रिया कर्माचार्य तथा रुवरुप कर्माचार्यलाई प्रमाण पत्र सहित सम्मान गरिएकोे थियो । साथै स्थापना काल देखि शेयर सदस्य बनेका पूष्पलाल श्रेष्ठको निधन भएकाले निजको परिवारलाई राहात समेत प्रदान गरियो ।

यसैगरी स्थानिय निर्वाचनमा धुलिखेल नगरपालिका वडा नं ५ श्रीखण्डपुरका वडा सदस्यमा निर्वाचित संस्थाका उपाध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ तथा नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल को अध्यक्षमा निर्वाचित यस संस्थाका सचिव राजेन्द्र कर्माचार्यलाई दशौ वार्षिक साधारण सभाको अवसरमा खादा ओढाई सम्मान गरिएको थियो ।

यस संस्थाले ७८ लाख ८९ हजार ७ सय ३६ निक्षेप संकलन गरी ७३ लाख ३३ हजार ९ सय ऋण लगानी गरी निम्न आय भएका शेयर सदस्यहरुलाई सघाउ पुग्ने कार्य उक्त संस्थावाट भईरहेको जानकारी हुन आएको छ ।

प्रकाशित मिति : २०७४, २९ कार्तिक बुधबार  ९ : ५८ बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास