२०८३, १० भाद्र बिहीबार

चन्द्र लामा भन्छन्ः ‘डाँडापारीमा डिग्रीसम्म पढाई हुने क्याम्पस र जडिबुटि कारखाना खोल्छु’

चन्द्र लामा भन्छन्ः ‘डाँडापारीमा डिग्रीसम्म पढाई हुने क्याम्पस र जडिबुटि कारखाना खोल्छु’


धुलिखेल/सबैले बुझेको, अनि सुनेको । राजधानी काठमाण्डौबाट सबैभन्दा नजिकको जिल्ला काभ्रे । हो त्यस्तै लाग्छ, बनेपा, धुलिखेल र पनौतीमा बसेर हेर्दा । तर राजधानीसँग नजिक भएर पनि कर्णालीको उपमा पाएको त्यो डाँडापारी । कल्पना भन्दा निकै बाहिर । न खानेपानीको ब्यवस्था, न त सडक । शिक्षामा उस्तै कमजोर । सञ्चारमा उत्तिकै समस्या । जता हेर्यो उस्तै खालको भू बनोट । सबै चीज हुदाँ हुदैँ पनि सबैबाट ठगिएका डाँडापारी बासी । डाँडापारीको भन्ने बित्तिकै हेपाहा प्रबृत्तिले हेर्नेहरुको जमात अझै पनि कमी भएको छैन् ।

साविकको १० गाविस गोकुले, घर्तीछाप, साल्मेचाकल, फलामेटार, डाँडागाउँ, बुढाखानी, मिल्छे, साल्धारा, बनखुचौर, फोक्सिङटार अझै पनि सदरमुकामसँगको सिधा सडक सञ्जालमा जोडिन नसक्नुको कारण बताउँदै थिए निर्वाचन क्षेत्र नम्बर १ (ख) का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामा । उनको दायाँ बायाँ बसेर भाषण सुनिरहेका मतदाताहरुको अनुहार कतै मलिन त कतै आवेगले भरिएको देखिन्थ्यो । हुन पनि हो चन्द्र लामाले भने जस्तै ठेक्का लिएर पनि समयमै काम नगरिदिदाँ डाँडापारीबासी साच्चैकै ठगिएका छन् । डाँडापारीबासीले उत्पादन गरेको दुध अझै पनि भारिया मार्फत बोकेर ल्याउनुपर्छ । जडिबुटिको खानी डाँडापारीबासीले राम्रो उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ । लामाले जति जति यस्ता शब्दहरु आफ्नो भाषणमा थप्दै जान्थे । मतदाताहरु उत्तिकै स्तब्ध भएको देखिन्थ्यो । उनीहरुको अनुहारको भावबाट बुझिन्थ्यो हामीलाई साच्चिकै ठगिएको रैछ ।

 

भूकम्पका बेला समेत उस्तै नियति बेहोरेका डाँडापारीबासीको पीडा जिल्लाका अन्य ठाउँका नागरिकको भन्दा बिलकुलै फरक छ । त्यो बेला न घाइतेको समयमै उद्धार र उपचार, न त पर्याप्त राहतको ब्यवस्था । सडक नपुग्दा भएको आय आर्जन गर्नबाट यहाँका नागरिक बञ्चित छन् । डाँडापारी जोड्ने सडक दलहरुको आ आफ्नै स्वार्थमा पर्दै आएको छ । खोपासी तालढुंगा सडक पुरानो आयोजना हो । तर अहिलेसम्म ट्याक समेत पूरा हुन सकेको छैन् । आफ्नो कम्पनीलाई दलबल लगाएर डाँडापारी जोड्ने सडकको ठेक्का पर्ने र काम अलपत्र छोड्ने ब्यक्ति अहिले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारको टिकट पाएर भोट माग्न त्यहि डाँडापारी पुगिरहेका छन् ।

 

उम्मेदवार चन्द्र लामाले डाँडापारीबारीलाई दुःख र कष्टमा राख्ने उम्मेवादरलाई भोट दिन तपाईहरुको हात कसरी अघि बढ्ला भनेर प्रश्न गर्दा मदतादातबाट तालिको बर्षा भएको थियो । उनले बामगठबन्धनले जिते ५ वर्षभित्र डाँडापारीको कायपलट गर्ने प्रतिबद्धा समेत ब्यक्त गरे । “डाँडापारीको समग्र विकासका लागि एक पटक मत दिएर जिताउनोस, उनले भने “कसरी काम गर्नुपर्ने भन्ने योजनाको खाका बामगबन्धनसँग छ, तपाईहरुलाई अन्धकारमा राख्ने ब्यक्तिलाई भोट दिनुभनेको अझै डाँडापारीको विकास निर्माण पछि धकेलिनु हो ।”

हजारौँ मतदाताका बीच लामाले डाँडापारीमै मास्टर डिग्रीसम्म अध्ययन हुने क्याम्पस र जडिबुटि प्रशोधनका लागि उद्योग सञ्चालन गर्ने जस्ता महत्वकांक्षी योजना अघि सारेका छन् । उनले डाँडापारीमा उत्पादन भएको तरकारी, फलफूल, पशुपंक्षीको उचित बजारीकरणका लागि समेत विशेष ब्यवस्था गर्ने बताएका छन् । “डाँडापारीका स्थानीयले सहि नेतृत्व नपाएकै कारण दुःख पाइरहेका छन्, उनले भने “यो पटकको अवसर पनि गुमाउनु भयो भने डाँडापारीको विकास हुन अझै कयौँ वर्ष कुर्नुपर्छ ।”

 

प्रकाशित मिति : २०७४, २६ कार्तिक आईतबार  ४ : १६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री