२०८३, ३० असार बुधबार

सादा जीवनका लालबाबू पण्डित चर्चाको शिखरमा

सादा जीवनका लालबाबू पण्डित चर्चाको शिखरमा


बनेपा । अगामी मंसिर २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको प्रचार अभियानलाई व्यापक बनाएसँगै प्रतिनिधिसभाका लागि ६ वटा निर्वाचन क्षेत्र भएको मोरङको क्षेत्र नं ६ मा वाम गठबन्धनको तर्फबाट उमेद्वार बनेका लालबाबु पण्डित चर्चाको शिखरमा छन् । उनी वाम गठबन्धनमा सामेल एमालेको स्वच्छ छवी र सादा जीवन विताउन रुचाउने इमानदार जनताको सेवक हुन् । वीपीको बाटोमो नहिंडेको कांग्रेसले पण्डितसँग वीपी पुत्र डा. शेखर कोइरालालाई नै प्रतिष्पर्धामा उतारेको छ । त्यसैले पनि यो निर्वाचनमा उनीहरुका बीचमा हुने प्रतिष्पर्धाले देशकै ध्यान खिचेको छ ।

तत्कालिन कांग्रेस सभापति शुशिल कोइराला प्रधानमन्त्री हुँदा उनी सामान्य प्रशासन मन्त्री भएका थिए । मन्त्री हुँदा आलोचित नहुने लालबाबुको नाम स्वर्ण अक्षरले सिंगारिएको छ । सिंगो देशले उच्च प्रशंसा गरेको एमाले नेता लालबाबू पण्डितको सादा जीवन र उच्च विचारले नै उनी चर्चाको शिखरमा रहेका हुन् । उनको उमेद्वारीका कारण मोरङको निर्वाचन क्षेत्र नं. ६ देशैभर चर्चाको केन्द्रमा छ ।

उनका प्रतिष्पर्धी कोइराला यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् भने पण्डित यसअघिको निर्वाचनमा उमेद्वार नै नबनेका नेता हुन् । लालबाबूसँग चुनावी प्रतिस्पर्धामा टिक्न कोइरालालाई निकै हम्मे हुने स्थानीय मतदाताको अनुमान छ । सार्वजनिक ठाउँमा चर्चा हुँदा प्रायः सबै नेता प्रशंसा र आलोचना दुवैको सामना गर्न वाध्य हुन्छन् । तर, लालबाबू यस्ता नेता हुन् जो मन्त्री भएर निस्किंदा प्रशंसा मात्रै पाए । उनले कुनै आलोचनाको सामना गर्नु परेन । उनी अपवादका मन्त्री बने ।

नाम लालबाबू, वर्ण कालो र होचो कद यही हो उनको भौतिक शारिरीक बनावट । मजदूर आन्दोलनबाट तत्कालीन नेकपा मालेको राजनीतिमा आएका लालबाबूको जीवनशैली अन्यन्तै सामान्य छ । उनी सामान्यप्रशासन मन्त्रालयका मन्त्री भएका थिए । यो मन्त्रालयलाई सितिमिती कसैले पनि लिन मान्दैनन् । मन्त्रालयको मन्त्री हुँदा लालबाबूका कामले सामान्य प्रशासन मन्त्रालय सर्वाधिक चर्चामा आएको थियो । नेपालको कर्मचारीमा जागिर खाएर पनि विभिन्न देशमा ग्रिनकार्ड र पीआर लिएर बस्ने कर्मचारीलाई लालबाबूले कि ग्रिनकार्ड र पीआर रोज्न कि जागिर रोज्न भन्दै अभियान नै चलाएका थिए ।

उनले त्यसबेला ल्याएको कर्मचारी सम्बन्धी ऐनका विरुद्ध तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र तत्कालीन अर्थमन्त्री डा। रामशरण महत नै उभिएका थिए । तर, लालबाबूको बलियो अडानका कारण उनी सरकारी कर्मचारीलाई ग्रिनकार्ड र पीआर धारण गरेर बस्न नमिल्ने बनाएरै छाडे । अर्कै देशको ग्रिनकार्ड लिएर बस्ने हो भने यहाँ कर्मचारी भएर जागिर खान पाइंँदैन भन्दै उनले आफ्नो कडा अडान छाडेनन् । आफ्नो काममा सफलता पाएकैले लालबाबू प्रशंसाको केन्द्रमा पुगे, सिंगो देशले नै उनलाई स्यावासी दियो ।

एकपटक मन्त्री मात्रै होइन उनी तीन पटक सांसद पनि भइसकेका छन् । तर पनि उनले राजधानीमा घर बनाएर बस्ने सपना कहिल्यै देखेनन् । उनलाई सर्वसाधारण झैं सार्वजनिक बस र ट्याम्पोमा यात्रा गरिरहेको भेटिन्थ्यो ।

ठूलो भूकम्पले देशलाई संकटग्रष्त बनाएका बेला उनी सामान्य मानिसझैं भूकम्पपीडितको उद्धार र पुनस्र्थापनामा ब्यक्तिगत तवरमै जुट्ने शालिन नेताको रुपमा पनि उनको परिचय स्थापित छ । भारतीय नाकाबन्दीले नेपाललाई गाँजेका बेलामा त उनी राष्ट्रिय स्वाधीनता र अखण्डताको पक्षमा दह्रोसँग अडान राखेर राष्ट्रवादी जनताको स्यावासी पाउने एमाले नेता हुन्, उनी ।

लालबाबूसँग चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेता शेखर कोइराला नाकाबन्दीको पक्षमा खुलेर लागेका थिए । कांग्रेसको बंशीय विरासत कोइराला परिवारका शेखर यसअघिको चुनावमा जस्तो यसपटक सजिलै चुनिन गाह्रो हुने निश्कर्षमा छन् । नेपालका दुई ठूला वामपन्थी दल एमाले र माओवादीको तालमेल र आफ्नो क्षेत्रमा लालबाबूको उम्मेदवारीले कोइरालालाई चिन्तित बनाएको छ । त्यति मात्रै होइन राष्ट्रिय राजनीतिमा कांग्रेसको भारतपरस्त भूमिका हुँदाहुँदै भारतले कांग्रेसलाई देखिनेगरी नाकाबन्दीको समर्थकका रुपमा एक्सपोज गरिदिएकाले कांग्रेस कमजोर हुन पुगेको शेखर कोइरालाले सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति : २०७४, २१ कार्तिक मंगलबार  ११ : १३ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै