२०८३, २४ भाद्र बिहीबार

सिन्धुपाल्चोक प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार विण्णु खत्री प्रति सुन तस्करीको शंका, प्रहरी भन्छन् निर्वाचनपछि छानवीन हुन्छ

सिन्धुपाल्चोक प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार विण्णु खत्री प्रति सुन तस्करीको शंका, प्रहरी भन्छन् निर्वाचनपछि छानवीन हुन्छ


काठमाडौं । सुन तथा रक्तचन्दनका कारोवारमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल संलग्नता पुष्टि भएपछि उनका कारोवार साझेदारहरु पनि खुल्ने क्रममा रहेको प्रहरीस्रोतले जनाएको छ ।

लामोसमयदेखि पौडेल संग कारोवारमा रहेका खासा ब्यापारीका रुपमा ख्याती पाएका बिष्णु खत्री पनि शंकाको घेरामा रहेको प्रहरीस्रोतले जनाएको छ । २०६४ भदौमा छ टन रक्त चन्दन दिउसै खासा तर्फ लगेर गोलीसमेत चलाएको यो समूहले त्यसपछि पटकपटक रक्तचन्दनको कारोवार गरेको थियो । रक्तचन्दनपछि सुनको कारोवारमा लागेको यो समूहको मुख्य योजनाकार भने खत्री रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, खत्री हाल नेपाली काँग्रेसका तर्फवाट सिन्धुपाल्चोकको प्रतिनिधिसभा अन्तर्गत प्रदेशसभा एकको उम्मेदवार भएका कारण पनि यो खवर वाहिर आउन सेकेका छैन ।

बिगतदेखि नै खराव पृष्ठभूमिका खत्रीले नेपाली काँग्रेसका नेता मोहनवहादुर बस्नेतको योजानमा तस्करी गर्दै आएका थिए । ब्यापारिक रणनीतिक योजनाकारका रुपमा आफूलाई प्रस्तुत गर्ने खत्री वाहिर भने अरुलाई देखाउने गर्दथे । बिगतमा डलर तस्करी काण्डमा पनि मुसिएका खत्रीले चलाखी गर्दै आफूलाई वचाउने गरेको उनका नजिकका सहयोगीहरु वताउने गर्दछन् । सामान्य परिवारमा हुर्केका खत्रीले थोरै समयमा नै अरबौं रुपैयाँ कमाएपछि उनी पटक पटक सम्पति शुद्धिकरणको निशानामा परेका ब्यक्ति हुन् । तर, राजनीतिक दवावमा उनको यो मुद्धा त्यत्तिक्कै थन्कने गरेको जानकारहरु वताउँछन् ।

पछिल्लो समय सुन तस्करी काण्डमा उनको नाम आउने भएपछि लामो समयदेखि चीनको बिभिन्न शहरमा बस्दै आएका खत्री चुनावको मिति घोषणा हुँदै गर्दा नेकपा९एमाले०मा प्रवेश गर्न तयार भएका थिए । तर, सूचना तथा सञ्चारमन्त्री मोहनवहादुर बस्नेतले पुराना तस्करीका मुद्धा बिउताईदिन्छु भनेर धम्की दिएपछि उनी नेपाली काँग्रेसमा नै थामिएका ब्यक्ति हुन् । त्यसोत स्थानीय निर्वाचनका वेला पनि बिरक्तिएर वसेका खत्रीलाई मोहनवहादुर वस्नेतका भाई तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति बालकृष्ण वस्नेतले गोली हान्ने धम्की दिएका दिएका थिए । दाजुलाई असहयोग गरेमा बिगतका कर्तुतको पर्दाफास हुने र गोलीसमेत खानु पर्ने धम्की पाएपछि खत्रीले नेपाली काँग्रेस नछोडेका उनका निकटहरु वताउँछन् ।

खास ब्यपारिक कारोवार नभएको खत्रीको पृष्ठभूमि नै तस्करी कारोवार नै हो । आफूलाई सवैको अगुवा ठान्ने खत्रीले अरुलाई प्रयोग गर्दै तस्करी गर्दै आएको उनी संग काम गरेका एक ब्यापारीले वताए । सुन तस्करीका वारे समातिएका मान्छेहरुले सही कुरा वाहिर ल्याएमा खत्री पनि पक्राउ पर्ने ती ब्यवसायीको भनाई छ ।

प्रकाशित मिति : २०७४, ७ मंसिर बिहीबार  ९ : १९ बजे

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

मुगु । अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले