२०८२, २४ पुस बिहीबार

प्रकाश दाहालको मृत्यु सुतेकै ठाउँमा भएको आशंक

प्रकाश दाहालको मृत्यु सुतेकै ठाउँमा भएको आशंक


काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको   भएको छ । तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।

पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्।   आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो । खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु  पनि चलाएनन् । उनले राति ११ बजेतिर  झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलमा देखिन्छ    ।

प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो । छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार(हतार सन्तु दराईलाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा पुर्‍याउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । र, त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ अबको केही बेरमा उनको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २०७४, ३ मंसिर आईतबार  १ : ३६ बजे

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो

कांग्रेस विशेष महाधिवेशन विवाद : संस्थापन पक्ष युवा र जिल्ला सभापतिसँग बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवादले चरम टकरावको रुप

कांग्रेस विशेष महाधिवेशन विवाद : आयोगमा पत्र, पक्षधर र विपक्षी टकराव चर्कियो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको मुद्दा पछिल्लो समय विवादित