२०८२, २६ असार बिहीबार

मधेस पात्रमा जमेका सौगात, ‘फाटेको जुत्ता’बाट देखिए आशावादी

मधेस पात्रमा जमेका सौगात, ‘फाटेको जुत्ता’बाट देखिए आशावादी

खबरघर

नायक सौगात मल्ल कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’बाट निकै आशावादी छन् । करिअरमा निरन्तर असफल चलचित्र दिइरहेका सौगात मधेस पात्रको भूमिकाले आफूलाई माथि उठाउने विश्वासमा छन् ।

अर्जुन कुमारको निर्माणमा निकेश खड्काले निर्देशन गरेको चलचित्रमा सौगातसाग नायिका प्रियंका कार्की जोडीको रुपमा देखिएकी छिन् । सौगात चलचित्रको प्रचारमा पनि खासै हिड्दैनन् । उनी, चलचित्र प्रचारमा हिडिहाले पनि निकै कम बोल्छन् । सौगात चलचित्रले नै सबैकुरा बोल्ने भएकाले प्रचारमा कम बोल्न चाहेको बताउाछन् । सानैबाट कम बोल्ने उनको बानी नायक भैसकेपछि पनि उस्तै छ ।

नेपाली चलचित्रमा मधेस पात्र जमिरहेका छन् । मधेस पात्रकै रुपमा देखिएर धेरै कलाकार चलचित्र क्षेत्रमा जमेका पनि छन् । फरक-फरक भूमिका गर्न चाहने सौगात यो चलचित्रको भूमिकाबाट पनि सन्तुष्ट छन् ।

निर्देशक निकेश खड्काका लागि यो चलचित्र चुनौती र अवसरको विचमा छ । चलचित्र चलेको खण्डमा उनी अन्य चलचित्रमा पनि व्यस्त हुनेछन् भने असफल भएको खण्डमा उनलाई चलचित्र निर्देशन गर्न अप्ठ्यारो हुनेछ ।

चलचित्रलाई डार्क कमेडीमा निर्माण गरेका अर्जुन कुमार पनि ‘फाटेको जुत्ता’ले दर्शकलाई २ घन्टा भरपुर मनोरञ्जन दिनेमा ढुक्क छन् । चलचित्रको ट्रेलरमा समावेश केही संवाद त हिट भैसकेका छन् ।

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ७ : ५० बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत