२०८२, २ मंसिर मंगलबार

सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी नै वृद्धिको आधार

सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी नै वृद्धिको आधार

खबरघर

१२ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले वृद्धि भएको छ । बैंकको नाफा २६.८१ प्रतिशतले बढेर ३४ करोडमा पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने करिब ११ प्रतिशतले बढेर ४९ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी भने ११.५६ प्रतिशतले मात्र बढेको छ । यो रकम ५९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले फि, कमिसन, अन्य आम्दानी र विदेशी मुद्राको विनिमयबाट २३ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा ४७ प्रतिशतको वृद्धि हो ।

बैंकको निक्षेप ३१.३४ प्रतिशतले बढेर ६४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने कर्जा २८ प्रतिशतले वृद्धि भएर ५७ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८९ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७९.१७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । बैंक लगानीमा आवश्यक पूँजीको अवस्थाका आधार टाइट रहेको देखिन्छ ।

बैंकको कुल कर्जा लगानीमा ४३ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २४ अर्ब ६४ करोड रुपैयाँको लगानी भएको छ । बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ९ करोड ६२ लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात ०.१४ प्रतिशत रहको छ भने करिब ९ गुणा प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल १६.९४ प्रतिशतबाट घटेर १४.२२ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब पुगेको छ भने सञ्चिती १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २०.१९ रुपैयाँबाट घटेर १६.७२ रुपैयाँ , मूल्य आम्दानी अनुपात २०.७६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय १९ बाट घटेर १ सय १७ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : १२ बजे

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी