२०८३, ३० जेष्ठ आईतबार

सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी नै वृद्धिको आधार

सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी नै वृद्धिको आधार

खबरघर
0
Shares

१२ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले वृद्धि भएको छ । बैंकको नाफा २६.८१ प्रतिशतले बढेर ३४ करोडमा पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने करिब ११ प्रतिशतले बढेर ४९ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी भने ११.५६ प्रतिशतले मात्र बढेको छ । यो रकम ५९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले फि, कमिसन, अन्य आम्दानी र विदेशी मुद्राको विनिमयबाट २३ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा ४७ प्रतिशतको वृद्धि हो ।

बैंकको निक्षेप ३१.३४ प्रतिशतले बढेर ६४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने कर्जा २८ प्रतिशतले वृद्धि भएर ५७ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८९ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७९.१७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । बैंक लगानीमा आवश्यक पूँजीको अवस्थाका आधार टाइट रहेको देखिन्छ ।

बैंकको कुल कर्जा लगानीमा ४३ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २४ अर्ब ६४ करोड रुपैयाँको लगानी भएको छ । बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ९ करोड ६२ लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात ०.१४ प्रतिशत रहको छ भने करिब ९ गुणा प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल १६.९४ प्रतिशतबाट घटेर १४.२२ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब पुगेको छ भने सञ्चिती १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २०.१९ रुपैयाँबाट घटेर १६.७२ रुपैयाँ , मूल्य आम्दानी अनुपात २०.७६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय १९ बाट घटेर १ सय १७ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : १२ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क