जुबा, १६ जेठ: जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचना मन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक स्थानका युवाहरू हुन् । यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए…