काठमाडौं । भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् । यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भोलि असोज १९ गतेसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको जानकारी…