भद्रपुर, २ भदौ: झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् । डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पतालमा भर्ना गरिएको छ । झापाको काँकरभिट्टा, विर्तामोड र…