काठमाडौँ, ७ मङ्सिर: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ पत्रकार सम्मेलन गरी यही मङ्सिर ९ देखि २५ गतेसम्म हुने अभियानबारे जानकारी गराउँदै सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अभियानलाई सातैवटा प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरी…