पशुपतिनगर, २५ पुस: चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको शुरुआत गर्नुभएको छ । गत साउन १० गते सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह इलामबाट शुरुआत गर्नुभएको हो । मङ्गलबार इलाम सदरमुकाम आइपुग्नुभएका डा केसीले…